Comments Add Comment

घरेलु उद्योगबारे स्पष्ट नीतिको खाँचो

१४ फागुन, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आर्थिक समृद्धिको आधार घरेलु उद्योग भएको बताएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री शाक्यले उद्योग क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताइन् । उनले भनिन्, “घरेलु उद्योगले स्वदेशमै रोजगारी दिने भएकाले बिदेसिने जनशक्ति रोकिन सहयोग पुग्छ ।”

पूर्वउद्योगमन्त्री शाक्यले आफू उद्योगमन्त्री हुँदा महिलालाई रोजगार बनाउनेसम्बन्धी महिला उद्यमी कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै दुर्गम क्षेत्रमा यस्ता कार्यक्रम पुर्याउन सके मात्र देशको विकास सम्भव भएको उल्लेख गरिन्। नेत्री शाक्यले घरेलु उद्योग राष्ट्रियतासँग जोडिएको व्यवसाय भएकाले यसको स्पष्ट नीतिको खाँचो रहेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment