Comments Add Comment

हाईलाईट्सका कारण हुन सकेन सिड्नीमा ‘लुट २’ को शो

 

बहु प्रतिक्षित चलचित्र ‘लुट २’ हेर्ने सिड्नीबासी नेपाली दर्शकहरूको इच्छाा शुक्रबार पुरा हुन सकेन । नेपालमा पहिलो दिन नै आक्रामक ब्यापार गरेको चलचित्र लुट २ को सिड्नीमा पनि पहिलो शो को टिकट शोल्ड आउट भएको थियो ।

हलमा उक्त चलचित्र हेर्न आएका दर्शकहरूको भिड पनि बाक्लै थियो । तर ,बिडम्बना नेपालबाट हाईलाईट्सले पठाएको चलचित्रको फाईलमा खराबी भएपछी चलचित्रको शो नै स्थगित हुन पुग्यो । यस्तो अबस्था आउनुको मुख्य कारण लुट २ को बिदेश बजारको अधिकार लिएको हाईलाईट्सको लापरबाही मान्छन् लुट २ को अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका रोशन भट्टराई ।

हामीले पहिले नै चलचित्र मागेका थियौ तर अन्तिम समयमा मात्र चलचित्र उपलब्ध गरायो । हतार हतारमा चलचित्र पठायो , त्यो पनि खराब फाईल । अन्तिम समयमा के गर्नी र ? उनले गुनासो पोखे ।

लाखौ तिरेर चलचित्र लिन पनि सिधै निर्माताको हातबाट किन्न नपाएर माध्यम मार्फत किन्नु पर्दा प्रबासमा नेपाली चलचित्रको बजार बिस्तारका निमित्त लागि परेका नेपालीहरू मारमा परेको कुरा भट्टराई बताउँछन । चलचित्र हेर्न हलमा पुगेका दर्शकहरू निराश भएर फर्कदा सिड्नी आयोजकले लज्जित महशुस गरेको थियो । उनिहरूको तर्क छ,–अब यसको क्षतिपुर्ति कसले दिने ?

पहिलो शो नै यस्तो भएपछि त्यस पछिका शोहरू पनि प्रभावित हुन पुग्ने कुरा बताईएको छ । हाईलाईट्सको यस्तो कृयाकलापले गर्दा नेपाली चलचित्रप्रति नै प्रबासी नेपालीहरूको मनमा गलत धारणा पलाउन सक्ने कुरा भट्टराई बताउँछन ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment