Comments Add Comment

कंगना र साहिदको ‘रंगुन’को कमजोर सुरुवात


विशाल भारद्धाजको निर्देशनमा तयार भएको चलचित्र ‘रंगुन’को ओपनिङमा धेरैको आँखा सोझिएको थियो । ऐतिहासिक कथामा बनेको यो चलचित्र महंगो बजेटमा तयार भएको छ । यसैले, पनि यसले लगानी उठाउनकै लागि भएपनि गतिलो ओपनिङ गर्न आवश्यक थियो ।

साहिद कपुर, कंगना रनावत, सैफअली खान जस्ता मल्टिस्टार कलाकारले अभिनय गरेको यो चलचित्रले शुक्रबार गतिलो व्यापार गरेन । यसले, शुक्रबार ६.०७ करोडको व्यापार गरेको छ ।

यो बर्ष रिलिज भएका चलचित्रमध्ये यसको ओपनिङ चौथो धेरै हो । तर, सय करोड बजेटको आसपासमा बनेको यो चलचित्रले शनिबार र आइतबार गतिलो व्यापार गरेको खण्डमा मात्र यसले लगानी उठाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment