Comments Add Comment

अब विराटनरबाट पनि माउन्टेन फ्लाइट,यतिले थाल्यो सेवा


१४ फागुन, विराटनगर । विराटनगरवाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) शनिबारबाट सुरु भएको छ । विराट एक्स्पोलाई लक्षित गरी आजबाट तीन दिनसम्म यति एयरलाइन्सवाट पर्वतीय उडान -माउन्टेन ˆलाइट)को व्यवस्था गरिएको हो ।

विराट एक्स्पो आयोजक समिति एव विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्था संयुक्त प्रयासमा यति एयरलाइन्स विमानलाई भाडामा लिई पूर्वाञ्चलमै पहिलोपटक पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरिएको हो ।

यति एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट शुरु गरेको हो । राजधानीबाहिर पहिलो पल्ट पुर्वी नेपालवाटै पूर्वका हिमशृंखलाको अवलोकन गराउने उद्देश्यले माउन्टेन फ्लाइट उडान सुरु गरिएको उद्योग संगठन मोरङका अध्यक्षसमेत रहेका विराट एक्स्पो आयोजक समितिका संयोजक मुकेश उपाध्ययले जानकारी दिए ।

उपाध्ययका अनुसार विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर हिमाल सहितका हिमशृंखला हेर्ने गरी माउन्टेन फ्लाइटको व्यवस्था मिलाइएको छ ।

आयोजक संस्था मध्येका साझेदार संस्था विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले २९-सिटे यति एअरलाइन्सको जहाजमा २२ जना जान मिल्ने छ ।

श्रेष्ठकाअनुसार कुल ५० मिनेटको उडानका लागि प्रतिव्यक्ति ९ हजार रुपैयाँ भाडा तोकिएको छ । विराटनगरबाट पहिलो ˆलाइट शुरु गरिएको माउन्टेन फ्लाइटको उडानमा मोरङका उद्योगी व्यवसायी, प्रशासक, पर्यटन व्यवसायी सहभागी रहेका छन् ।

विराटनगरवाट पहिलो उडान आज विहान ११ बजे गरिएको छ । काठमाडौंबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृखंला विराटनगरबाट ५० मिनेटमा सम्पन्न गर्न सकिने वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment