Comments Add Comment

बुटवल पुगेर देउवाले भने-जिम्मेवार दल नै राष्ट्रिय एकता खल्बलाउँदै छ

'पहाडी र मधेशी जनताका बीचमा झगडा गराउने षडयन्त्र हुँदैछ’


१४ फागुन, बुटवल । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पहाडी र मधेशी जनताका बीचमा झगडा गराउने षडयन्त्र भइरहेको बताएका छन् ।

बुटवलको दीपनगरमा निर्माण भएको वीपी कोईराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा स्मारिकाको बुटवलमा विमोचन गर्दै सभापति देउवाले नेपाली-नेपालीबिच लडाउने काम भैरहेकोप्रति चिन्ता ब्यक्त गर्दै उनले हिमाल, पहाड र तराईलाइ एक बनाउनुर्ने बताए ।

‘जिम्मेवार दलहरुले नै नेपालको राष्ट्रिय एकता खल्बलाउने प्रयास गरिरहेका छन्’ उनले एमालेतर्फ इङ्गित गर्दै भने-‘देशमा अतिबादीहरु हाबी भैरहेका छन्,अतिबादले दुर्घटना गराउँछ ।’

मधेशी जनताको भावनालार्इ आधार मानेर संबिधान संसोधनको तयारी भैरहेको भन्दै देउवाले सम्पूर्ण नेपालीलाई एक शुत्रमा बाँध्ने काम काँग्रेसले गर्ने बताए ।

उनले स्थानीय तहको निर्बाचनको तयारीमा लाग्न उनले कार्यकर्तालाइ निर्देशन समेत दिए । उनले भने, ‘आगामी माघ भित्रमा तीन तहको निर्वाचन गर्नैपर्ने छ,यो वा त्यो बहानामा चुनावलाई कसैले पनि विथोल्न हुँदैन ।’

स्थानीय तहको निर्वाचनले जनतालाई सच्चा मालिकको अनुभूति गराउने उनको भनाइ छ ।

कार्यक्रममा रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले घोषणा गरेको स्थानीय निर्वाचन कुनैपनि वाहनामा नरोकिने दावी गरे ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले देशमा अतिबादीले भ्रम छरिरहेको भन्दै दुवै प्रकारका अतिवादबाट देशलाइ जोगाएर काँग्रेस अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment