Comments Add Comment

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे मधेसी मोर्चामा छलफल

फाइल फोटो

१४ फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा आपत्ति जनाउँदै आएको मोर्चाले अव सरकारसँग सम्बन्ध बिच्छेद गर्नेगरी आन्तरिक छलफललाई तीव्रता दिएको हो ।

तराई मधेश लोकतान्त्रिक पार्टीको केन्दि्रय कार्यालय बिजुलीबजारमा शनिवार बसेको मोर्चाको सचिवालय बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन सरकार गम्भिर नदेखिएको निष्कर्ष निकालेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष बृषेशचन्द्र लालले जानकारी दिए ।

उनले स्थानीय तहको संख्या समेत निर्धारण नगरी सरकार निर्वाचनमा गएकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । मोर्चाले अव बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै मोर्चाले तराईका जिल्लाहरुमा आगामी २४ गतेसम्म भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

मोर्चाले आफूहरुको माग अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न सरकारलाई निरन्तर दबाव दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment