Comments Add Comment

रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन

फाइल तस्वीर

१५ फागुन, काठमाडौं । पार्टी सञ्चालनमा अपरादर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित माग गरेको छ ।

नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत् ध्यानाकर्षण पत्र बुझाएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

राजदूत नियुक्ति, भातृ संस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको पत्रिकामा खबर छ ।

कांग्रेस नेता पौडेल पक्षले शनिबार छुट्टै बैठकको आयोजना गरेको छ र त्यहाँ पौडेलले अब देउवाबाट पार्टी चल्दैन भनेको पनि नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाको बाइलाइन समाचारमा उल्लेख छ ।

भेलामा सहभागी बलबहादुर केसीले देउवाको विरोध गर्दै उनले पार्टी डुबाउन लागेको बताएका थिए ।

त्यसैगरी डा. रामशरण महतले पनि यस्तै चालले आगामी चुनावमा माहौल बनाउन नसकिने बताएको नयाँपत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment