Comments Add Comment

आजका पत्रिकामा आर्थिक समाचार: भैरहवा सर्दै वीरगञ्जको ब्यापार

१५ फागुन, काठमाडौं । मुलुकको भन्सार नाका वीरगञ्जवाट हुने ब्यापार अन्य नाकातिर सर्दै गएको सन्दर्भमा कारोबार दैनिकले भैरहवा सर्दै वीरगञ्जको ब्यापारलाई मुख्य समाचार बनाएको छ ।

नाकाबन्दीपछिको एक वर्षमा पनि आयातकर्ता अझै वीरगञ्जप्रति पूर्ण विश्वस्त हुन नसकेको उल्लेख गरेको छ । जनक शिक्षाको ऋण १ अर्ब ७२ करोडलाई पनि कारोबारले उल्लेेख गरेको छ ।

आठ क्षेत्रमा लगानी गर्न आह्वान गरिनेलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । अटो लोनमा गरिएको कडाइको प्रभाव सन्दर्भमा नागरिकले लेखेको छ घट्न थाल्यो निजी सवारी साधनको बिक्री ।

कर्णालीवासीलाई शेयरलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । सुदुरपश्चिममा वित्तिय साक्षरता अभियान सन्दर्भमा अभियानले ६० प्रतिशत जनता वित्तीय पहुँचबाहिर लेखेको छ । त्यस्तै व्यवसायीद्धारा नीति परिमार्जनको मागलाई पनि अभियानले उल्लेख गरेको छ ।

ब्याजमा ठगिँदै ऋणीलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । टेलिफोनमा मासिक तीन सय खर्चलाई पनि अन्नपूर्णले उल्लेख गरेको छ ।

सरकारका घोषणा कार्यान्वयनमा कृषि मन्त्रालय कमजोरलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । नेपालसँग विप्पा गर्न बेलारुसको प्रस्तावलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment