Comments Add Comment

गाडी चढ्दा वाकवाकी आउँछ ? यसो गर्नुस्

गाडी चढ्दा वाकवाकी आउने समस्या धेरैलाई हुन्छ । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा बान्ता आउने सम्भावना बढी हुन्छ । यदि तपाईं पनि यो समस्याबाट पिडित हुनुहुन्छ भने यी विधिहरुले तपाईंलाई राहत दिन सक्छन्

–      गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।

–      गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस । यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ ।

–      यात्रामा निस्कँदा पेट खाली नराख्नुस । साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । अमिलो-पिरो खानेकुराबाट पनि टाढा रहनुस । यस्तो खानेकुरा पच्न समय लाग्ने भएकाले यात्रा गर्दा असुविधा हुन सक्छ ।

–      यदि कारमा यात्रा गरिरहनु भएको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस । अगाडि बस्दा चक्कर लाग्दैन ।

–      आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।

–      गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु । गाडीभित्र हावा पस्न दिनुस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment