Comments Add Comment

एमालेसहित ९ दलले संशोधन प्रक्रियामा भाग नलिने

१५ फागुन, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसदमा छलफलमा रहेको संविधान संशोधन विधेयक परिमार्जनका लागि संशोधन दर्ता नगराउने भएका छन् ।

विपक्षी ९ दलले संशोधन प्रक्रियामा भाग नै नलिने र, विधेयक विफल बनाउने घोषणा गरेका छन् ।

विपक्षी दलले लगातार संशोधनको विरोध गर्दै आएका थिए । तर, ‘एक दिनका लागि’ छलफल गर्ने दिएपछि बिहीबार संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

संशोधन दर्ताका लागि दिएको ७२ घन्टे समय आज आइतबार सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment