Comments Add Comment

ऐश्वर्यालाई फेसबुकमा आउन दिएनन् अभिषेकले

आजको जमानामा कुनै पनि सेलिबि्रटीले फ्यानसँग जोडिने सबैभन्दा सहज माध्यम बनेको छ सामाजिक सञ्जाल । तर, बलिउड अभिनेत्री ऐश्वर्या राय फेसबुक, टि्वटर जस्ता सामाजिक सञ्जालमा उपस्थित छैनन् । यसको कारण उनका श्रीमान अभिषेक बच्चन रहेको खुलासा भएको छ ।

समाचार अनुसार आफ्ना फ्यानहरुसँग जोडिनका लागि ऐश्वर्या फेसबुक, टि्वटरमा आउन चाहन्छिन्, तर अभिषेकले यसको अनुमति दिएका छैनन् । एक वेवसाइटका अनुसार फिल्म ‘ऐ दिल है मुश्किल’ को समयदेखि नै ऐश्वर्या टि्वटर र फेसबुकमा आउन चाहन्थिन् । तर, अभिषेकले उनलाई रोके ।

अभिषेक आफैं चाहिँ सामाजिक सञ्जालमा सक्रिय छन् । उनी अक्सर फेसबुक र टि्वटरमा विभिन्न पोष्ट गरिरहन्छन् । अनि श्रीमतीलाई चाहिँ किन उनी सामाजिक सञ्जालमा देख्न चाहँदैनन् त ? समाचार अनुसार जूनियर बच्चन यो कुरामा आश्वस्त छैनन् कि उनकी पत्नी ऐश्वर्याले सामाजिक सञ्जालको प्रेसर झेल्न सक्छिन्, किनकी यहाँ स्टारहरुलाई ट्रोल गर्ने प्रवृत्ति अत्यधिक छ ।

्त्यसो त बलिउडमा अरु पनि कलाकार छन्, जो सामाजिक सञ्जालमा उति चाख राख्दैनन् । ऐश्वर्याका अलावा कंगना, सैफ अली खान, करीना कपुर जस्ता कलाकारको सामाजिक सञ्जालमा खासै उपस्थिति पाइदैन । आफूलाई सामाजिक सञ्जालबाट टाढा राखेर उनीहरुले कतै फ्यानहरुमाथि अन्याय त गरिरहेका छैनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment