Comments Add Comment

विन डिजलका कारण दीपिका र रणवीरको ब्रेकअप !

के दीपिका पादुकोण र रणवीर सिंहबीचको प्रेम सम्वन्ध टुटेको हो ? बलिउडमा अचेल यस्तै लख काट्न थालिएको छ ।

हलिउड अभिनेता विन डिजलसँग दीपिका नजिकिएसँगै रणवीर उनीसँग रुष्ट भएको चर्चा केही समययता चल्दै आएको थियो । यही कारणले रणवीर र दीपिकाको ब्रेकअप नै हुन पुगेको चर्चा भारतीय मिडियामा गर्माएको छ ।

दीपिकाले आफ्नो पहिलो हलिउड फिल्म एक्सएक्सएक्स रिटर्न अफ जेन्डर केजमा हलिउड स्टार विन डीजलको जोडी भएर काम गरेकी थिइन् । सो फिल्मको प्रमोसनका लागि उनले डिजललाई भारतमै ल्याइन् । यही क्रममा यी दुईबीच अफेयर सुरु भएको हल्ला चलेको थियो । एउटा अन्तरवार्तामा त दीपिकाले डिजलको बच्चाको आमा बन्ने चाहनासम्म व्यक्त गर्न भ्याएकी थिइन् ।

डिजलसँग दीपिकाको बढ्दो सामिप्यताकै कारणले रणवीर उनीसँग टाढिएको समाचार छ । हालै अभिनेता शाहिद कपूरको प्री बर्थडे पार्टीमा दीपिका र रणवीर दुवै पुगेका थिए, तर अलगअलग । उनीहरु अलग-अलग पार्टीमा आए र अलग-अलग निस्किए । उनीहरुबीच सामान्य औपचारिकता बाहेक कुनै अतिरिक्त निकटता देखिएन ।

हालै एउटा टेलिभिजन कार्यक्रममा दीपिकालाई रणवीरसँगको ब्रेकअपका विषयमा प्रश्न सोधिएको थियो । सो प्रश्नमा उनले प्रष्ट जवाफ दिइनन् । उनले गोलमटोलरुपमा भनिन्, ‘तपाईं नै भन्नुस म के जवाफ दिउँ । तपाईं जे भन्नुहुन्छ म त्यही स्वीकार्छु ।’

दीपिकाको यस्तो जवाफबाट पनि झल्किन्छ कि ब्रेकअपको हल्ला पूर्णरुपमा निराधार होइन । फेरि लामै समयदेखि उनीहरु एकैसाथ देखिएका पनि छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment