Comments Add Comment

बाहुबलीलाई मैदान खाली छाडिदिए सलमानले, कारण यस्तो छ

बलिउड सुपरस्टार सलमान खानको नयाँ प्रोजेक्ट हो ट्यूवलाइट, जसलाई उनका फ्यानहरु तीव्र प्रतिक्षा गरिरहेका छन् । तर यो फिल्मको प्रचारप्रसारका लागि सलमानले अहिलेसम्म कुनै तयारी गरेका छैनन् । किन त ?

सुत्रका अनुसार आफ्नो फिल्म रिलिजको पूर्वसन्ध्यामा मात्रै प्रमोसनमा जुट्ने योजनामा छन् सलमान । यसको कारण रहेछ बाहुबली २ । बाहुबलीको अपार सफलतापछि यसको सिक्वेल चिरप्रतिक्षित बनेको छ भारतभर । त्यसैले सो फिल्म रिलिज नहुँदासम्म आफ्नो फिल्मको प्रमोसन गर्नु प्रभावकारी नहुने सलमानको निस्कर्ष छ । यसबाट बाहुबली २ लाई मैदान खाली हुन पुगेको छ ।

एमएस राजामौलीको बाहुबली २ आउँदो २४ अप्रिलमा रिलिज हुँदैछ । यसको रिलिजपछि मात्र आफ्नो फिल्मको प्रोमो सार्वजनिक गर्ने र प्रचारमा जुट्ने सलमानको योजना छ । बाहुबलीको चर्चा अलि मत्थर भएपछि आफ्नो फिल्मलाई जोडतोडले प्रचारप्रसार गर्नु उपयुक्त हुने उनले ठानेका छन् । त्यसो त पहिले पनि सलमान आफ्नो फिल्म रिलिजको लामो समयअघि देखि प्रमोसन गर्न रुचाउदैनथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment