Comments Add Comment

रंगूनमा रोमान्स र देशप्रेमको समानन्तर कथा

फिल्म- रंगून

निर्देशक- विशाल भारद्वाज

स्टार कास्ट- कंगना रनवट, शाहिद कपुर, सैफ अली खान

विशाल भारद्वाज निर्देशित फिल्म ‘रंगून’ व्यापक प्रचारपछि हलमा आउँदैछ । कंगना, शाहिद, सैफ अली स्टारर फिल्म कस्तो होला ?

भनिन्छ, यस फिल्ममा निर्देशक भारद्वाजले दोस्रो विश्वयुद्धको पृष्टभूमीमा त्रिकोणात्मक प्रेमकथा पस्किएका छन् । उसो त, उनी दुखान्त फिल्म बनाउनमा माहिर छन् । उनको फिल्मको सिनेम्याटोग्राफी कमालको हुन्छ र सिनेमामा धेरैजसो ‘डार्क फ्याक्टर’ रहने गर्छ ।

फिल्म निकै दमदार बनेको बताइन्छ । यद्यपी कहिं कतै पारसी थिएटरको महसुष समेत गराउँने टिप्पणी बाहिर आएको छ । फिल्मको अन्त्यतिर अल्छीलाग्दो छ । तर, फिल्मको केहि हिस्सा भने जोडदार छ ।

कस्तो छ कथा ?

रंगूनको कथा फिल्म आर्टिस्ट कंगना रणवतको हो, जो ‘एक्सन क्विन’ हुन् । सैफ अली खानको प्रोडक्सन कम्पनीमा आवद्ध छिन् । दुबैवीच प्रेम सम्बन्ध पनि जोडिएको छ ।

यद्यपी उनीहरुबीच प्रेम भावना कम छ । यता दोस्रो विश्वयुद्ध चलिरहेको छ । सुभाषचन्द्र बोस स्वतन्त्र भारतका लागि अंग्रेज बिरुद्ध अभियान छेडिरहेका छन् । यसैबीच यस्तो मिशन सुरु हुन्छ, जसले कंगना र शाहिदबीच भेट गराउँछ । दुबैमा प्रेम अंकुराउन थाल्छ । अब त्रिकोणात्मक प्रेम र देशभक्तले कथामा रोचक मोड ल्याउँछ ।

भारतिय आँखाबाट विश्वयुद्ध

बलिउड समीक्षक तरण आदर्शले लेखेका छन्, ‘अहिलेसम्म दोस्रो विश्वयुको जे जति कथा भनिएको छ, त्यसमा अमेरिका र युरोपको कोण छ । ‘रंगून’ विश्वयुद्धलाई भारतको आँखाबाट देखाइएको छ । विशालले यसका साथै एक प्रेम कथा पनि पस्किएका छन् । फिल्म संघर्ष, छल, राजनीति र इतिहासबाट गुज्रन्छ ।’

सवल पक्ष

कतिले यस फिल्मलाई यो बर्षको सर्वाधिक दमदार फिल्मको सूचीमा राखेका छन् ।

पहिलो हाफसम्म कथा हल्का ढंगले अघि बढ्छ । फिल्मले क्रमस दर्शकको ध्यान खिच्छ । अब कथाले कस्तो मोड लिन्छ भन्ने कौतुहलता जागिरहन्छ ।

फिल्मको सबै भार कंगनाले उठाएकी छिन् । पूर्ण रुपले उनैलाई विशाल भारद्वाजले फोकस गरेका छन् । हुन त उनको फिल्ममा महिला पात्र नै शक्तिशाली हुने गर्छ र उनले कंगनालाई यस फिल्ममा पनि त्यही रुपमा पेश गरेका छन् । शाहिद कपुर र सैफ अलि खान पनि आफ्नो अभिनयमा दमदार देखिएका छन् ।

फिल्ममा प्रेम र देशभक्तलाई समानन्तर रुपले अगाडि बढाउन खोजिएको छ । विशला भारद्वाज यहिं चिप्लने गरेका छन् । उनी कथामा बढी नै अपेक्षा राख्छन् । फिल्ममा गुलजारको गीत अब्बल छ । संगीत पनि तारिफयोग्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment