Comments Add Comment

क्लियरिङ बैंक थप्ने प्रक्रिया सुरु, थप तीन बैंक थपिँदै

१५ फागुन, काठमाडौं ।   नेपाल स्टक एक्सचेन्जको निर्देशन अनुसार सिडिएस एन्ड क्लियरिङले क्लियरिङ बैंक थप्ने प्रक्रिया सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ प्राप्त भएपश्चात संशोधित प्रावधानहरुलाई समेत समेटेर क्लियरिङ बैंक थप गर्न लागिएको हो ।

प्रतिस्पर्धात्मक रुपमा क्लियरिङ बैंक थप गर्न माग गरिएको आशय पत्रमा ईच्छुक कम्पनीहरु ‘क’ वर्गको वाणिज्य बैंक हुनुपर्ने, चुक्ता पुँजी बढी भएकालाई प्राथमिकता दिइने, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनुपर्ने, आस्बा प्रणालीको सदस्य भएको, डिपी लाईसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डहरु लाई आधार बनाइएको छ ।

उल्लिखित प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन बैंक थप गरिने छन । यसबाट धितोपत्र लगानीकर्ता लगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहजता प्राप्त गर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment