Comments Add Comment

यी हुन् गर्लफ्रेन्ड हुनुका बेफाइदा !

गर्लफ्रेन्ड बनाउनु, डेटिङ जानु, रोमान्स गर्नु आफैंमा रोमाञ्चक कुरा हो । तर, गर्लफ्रेन्ड बनाएपछि जिन्दगी रमाइलो मात्र हुन्छ भन्ने छैन । यसको साइड इफेक्ट पनि छ ।

रोइहाल्ने बानी

युवतीको हतियार हो, रुनु । यदि ब्वाइफ्रेन्डले उनीहरुको कुनै कुरामा सहमत भएनन् भने गर्लफ्रेन्ड रोइदिन्छन् । यस किसिमको बानीले गर्दा ब्वाइफ्रेन्डलाई गर्लफ्रेन्डको जस्तोसुकै कुरा स्विकार्न करै लाग्छ ।

केयर गरिरहनुपर्ने

गर्लफ्रेन्ड बनाएपछि सबै ध्यान उनीहरुमाथि लगाउनुपर्ने हुन्छ । उनीहरुसँग नियमित सम्पर्कमा बस्नुपर्ने, फोन गरिरहनुपर्ने, खाए नखाएको सोध्नुपर्ने हुन्छ । यसले गर्दा ब्वाइफ्रेन्डहरु सधै तनावमा हुने गर्छन् ।

गर्लफ्रेन्डको गाली

अफेयरमा रहेपछि गर्लफ्रेन्डको गाली पनि सहनु तयार हुनुपर्छ । आफुलाई गर्लफ्रेन्डकै मनस्थिती अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । अरु युवतीसँग बोल्दा, ख्याल ठट्टा गर्दा पनि ख्याल गर्नुपर्छ । यस्ता कुरामा गर्लफ्रेन्ड सधै शसंकित रहन्छन् ।

खर्च गर्न तयार हुनुपर्छ

गर्लफ्रेन्ड बनाएपछि खल्ती पनि गह्रुंगो हुनुपर्छ । बेलाबेला उनीहरुलाई गिफ्ट किनिदिनुपर्छ, सिनेमा हेराउनुपर्छ, डिनर गराउनुपर्छ, डेटिङ लानुपर्छ ।

आफ्नो समय खर्चनुपर्छ

गर्लफ्रेन्डकै सम्पर्कमा रहनुपर्ने भएकाले आफ्नो लागि निजी समय बच्दैन । उनीहरुलाई केयर गर्दा, उनीहरुलाई फोन गर्दा, डेटिङ जाँदा, सपिङ गराउँदा धेरै समय खर्चनुपर्छ ।

मन बेचैन हुन्छ

अफेयरमा रहेपछि मन शान्त हुँदैन । गर्लफ्रेन्डसँग कहिले तर्क-वितर्क चल्छ, कहिले मनमुटाव हुन्छ । ब्रेकअपको भयले पनि सताइरहन्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment