Comments Add Comment

भारत र जापानमा २५ हजार मतपेटिका खोज्दै निर्वाचन आयोग


१५ फागुन, काठमाडौं । वैशाख ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि अपुग मतपेटिका भारतबाटै ल्याउने तयारी थालेको छ । जापान सरकारसँग पनि यसबारे कुरा अघि बढाइएको छ ।

आयोगसँग हाल भएका मतपेटिका बाहेक थप २५ हजार मतपेटिका चाहिने आयोगले पूर्वानुमान गरेको छ । आवश्यक मतपेटिकाको आकार कम्तिमा ८० लिटर क्षमताको हुनुपर्ने आयोग स्रोतले जनाएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार आयोगसँग करिब ४० हजार थान मतपेटिका छन् । तीमध्ये थोरैमात्र ८० लिटर क्षमताका छन् । स्थानीय तह चुनावका लागि मतपत्रको आकार बृद्धि हुने भएकाले साना मतपेटिका प्रयोगमा ल्याउन नसकिने आयोगले जनाएको छ ।

स्रोतका अनुसार आयोगले अपुग मतपेटिका भारतबाटै ल्याउने तयारी थालेको छ । छोटो अवधिमा मतपेटिका व्यवस्थापन गर्नुपर्ने भएकाले भारतिय निर्वाचन आयोगबाट ८० लिटर क्षमताका मतपेटिका ल्याउन लागिएको हो ।

यस्तै आयोगले भारतबाहेक जापान सरकारसँग समेत ८० लिटर क्षमताका मतपेटिका व्यवस्थापन गरिदिनेबारे दूतावास मार्फत जापान सरकारसँग छलफल अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment