Comments Add Comment

आयसाले प्लाष्टिक सर्जरी गरेपछि चर्चा


सलमान खानसँग चलचित्र ‘वान्टेड’मा देखिएकी नायिका आयसा टाकिया अहिले आफ्नो ओठको कारण चर्चामा छिन् । पछिल्लो समय ओठको प्लाष्टिक सर्जरी गरेकी आयासाको ओठ पहिलाको तुलनामा बिग्रिएको टिप्पणी धेरैले गरेका छन् ।

त्यसो त सर्जरी गराएर आफ्नो शरीरलाई आकर्षक बनाउने मामलामा आयसा सक्रिय छिन् । केही वर्ष अघि आयशाले ब्रेष्ट सर्जरी गराएर ठूलो बनाएकी थिइन् । तर, उनले आफूले ब्रेष्ट सर्जरी गराएको कुरो आजसम्म सार्वजनिक गरेकी छैनन् ।

त्यसो त केहि दिन पहिले उनको नयाँ फोटोसुटले पनि चर्चा पाएको थियो । उक्त तस्विरमा उनलाई कायली जेनिफरसँग तुलना गरिएको थियो । हिन्दी चलचित्र ‘बोरीवली का ब्रुश ली’वाट उनको पुनरागमन हुँदैछ ।

ऋायसाले सन् २००९ मा आफ्नो प्रेमी फरहान आजमीसँग विवाह गरेकी थिइन् । फरहान रेष्टुरा ब्यबसायी एवं समाजवादी पार्टीका नेता अबु आजमीका छोरा हुन् । उनीहरुको तीन वषर्ीय एक सन्तान समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment