Comments Add Comment

मलाई कसरी अभिनय गराउने भन्ने निर्देशकको कुरा होः अशिष्मा नकर्मी


पछिल्लो समयकी ब्यस्त नायिकाको रुपमा चिनिन्छिन्, अशिष्मा नकर्मी । केहि चलचित्रबाट अवार्ड समेत पाएकी अशिष्माले म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गरेकी छिन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाईले अझै सहायक भुमिकामै चित्त बुझाउनु भयो भन्छन् नि ?
सायद भुमिका बलियो भएर होला । म जतिवेला चलचित्रमा आएँ, त्यतिवेला नेपालमा मल्टिकाष्टको चलन थियो । त्यही भएर पनि दर्शकलाई त्यस्तो लागेको होला । मैले सुरुमा मल्टिकाष्टवाला चलचित्रमा काम गरेँ ।

२. अभिनयमा विविधता भएन भन्नेहरुलाई के भन्नुहुन्छ ?
त्यो त मेरो भन्दा पनि मेकरहरुको कमजोरी हो । म त जस्तो भुमिका पनि निर्वाह गर्छु । मलाई कस्तो अभिनय गराउने भन्ने निर्देशकमा भर पर्छ । निर्देशकले उस्तै भुमिका दिए त मैले के गर्नु ?

३. जस्तो चलचित्रबाट प्रस्ताव आएपनि काम गर्नु हुन्छ रे ? ब्यानर छान्न सक्नु भएन भन्छन् नि ?
मैले काम गरेको चलचित्रको वारेमा त थाह हुन्छ तर, मैले कुन चलचित्र रिजेक्ट गरेँ त्यो दर्शकलाई थाह हुन्नँ । सबैभन्दा धेरै चलचित्र रिजेक्ट गर्नेमा मै पर्छु होला । मैले धेरै चलचित्रको कथा पढेर चित्त नबुझेर छाडेकी छु ।

४. असाध्यै लोभी हुनुहुन्छ भन्ने आरोप लगाउँछन् नि ?
यो त तपाईले त्यत्तिकै लगाउनु भएको आरोप हो । म जस्तो उदार अरु कोहि छैन होला । साथीहरुसँग बसेर खाजा खाँदा सबैभन्दा पहिला पैसा तिर्ने मै हुन्छु । खाजा खाएकै बिल पाँच हजारसम्म धेरै पटक तिरेकी छु ।

५. घमण्डी हुनुहुन्छ भन्छन् नि, आरोप लगाउनेहरु ?
यो पनि होइन । तर, के हो भने मेरो चलचित्र क्षेत्रमा धेरै साथीहरु छैनन् । म प्रायः आफ्नै काममा केन्दि्रत हुन्छु । चलचित्रको काम सकिएपछि फेरि तिनै साथीहरुसँग सम्पर्कमा हुन्नँ । त्यसकारण त्यस्तो भनिएको होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment