Comments Add Comment

संशोधन पास गराउन पहल गर्ने कांग्रेसको निर्णय

फाइल तस्वीर

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल गर्ने भएको छ । मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले संशोधन पास गराउन पहल गर्ने बताए ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने जिकिर गरे । एमालेलाई समेत सहमतिमा ल्याई संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय लिइएको सभापति देउवाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान संशोधन प्रस्ताव जसरी पनि पारित गर्न लागि पर्ने प्रतिक्रिया दिए ।

बैठकमा मधेसमा प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदहरुले संविधान संशोधान प्रस्ताव पारित नभए मधेशमा खुट्टा टेक्ने ठाउँ नरहने भन्दै जसरी पनि संविधान संशोधन प्रस्ताव पारित गराउन सभापति देउवालाई दवाव दिएका थिए । उनीहरुले पार्टी केन्दि्रय कार्य समिति र संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्न पनि पार्टी नेतृत्व गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेसहित विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment