Comments Add Comment

राप्रपाको चेतावनीः यथास्थितिमा संशोधन अघि बढाए प्रत्युपादक हुन्छ

१५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयक अघि बढाए राजनीतिक रुपमा प्रत्युपादक हुने चेतावनी दिएको छ । साथै उसले संशोधन पनि नहाल्ने र समर्थन पनि नगर्ने बताएको छ ।

राप्रपा संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधनमा समझदारी बनाउन राजनीतिक दलहरुलाई आहृवान गरेको छ । उसले भनेको छ, ‘मधेस केन्द्रित राजनीतिक दलहरुको माग सम्बोधन गर्ने क्रममा संसदमा प्रस्तुत र हाल विचाराधिन रहेको विधेयकले कसैलाई पनि सन्तुष्ट गर्न सकेको छैन ।’

यथास्थितिमा विधेयक अघि बढाउँँदा पास नहुने र यसको परिणाम राजनीतिक रुपमा प्रत्युपादक हुने राप्रपाको चेतावनी छ ।

राप्रपाले मधेस केन्द्रीय राजनीतिक दलहरुलाई विश्वासमा लिएर आगामी वैशाखमा हुने चुनावमा सबैको सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment