Comments Add Comment

अब सैनिक अस्पतालमा सर्वसाधारणको पनि उपचार


१५ फागुन, काठमाडौं । नेपाली सेनाको अस्पतालमा अब सर्वसाधारणको पनि उपचार गर्न पाउने भएका छन् ।

अब छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा दिउँसो साढे ३ देखि ५ बजेसम्म गैह्रसैनिक व्यक्तिहरुलाई ओपीडी सेवा लिन सक्नेछन् ।

स्वास्थ्य मन्त्रालय तथा सेनाको मेडिकल कोरको आवश्यक समन्वयमा आइतबारबाट यो सेवा सुरु भएको हो । यसले नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

छिट्टै गौरमा नेपाली सेनाको मोवाइल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment