Comments Add Comment

‘लम्फू’को घोषणा, मरिष्का र चाँदनीसँग कविरले रोमान्स गर्ने


अन्ततः लामो समयपछि चलचित्र ‘लम्फू’को औपचारिक घोषणा भएको छ । घोषणासँगै यो चलचित्रको छायांकन भोलीबाट सुरु हुने भएको छ । सुखी र सम्पन्न बन्ने लक्ष्य लिएर यात्रामा निस्किएको एक पात्रको कथामा यो चलचित्र बन्नेछ । यो पात्रको यात्रामा स्पिड ब्रेकर धेरै छन् । यस्ता स्पिड ब्रेकरले उसको जीवनको यात्रालाई लैजाने गन्तव्यमा यो चलचित्र बन्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

शक्तिबल्दव घोरासैनीको निर्माणमा तयार हुने यो चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्दैछन् । चलचित्रमा भूपतिको कथा, दीपक बज्रचार्यको छायांकन, हरि सिलवालको सम्पादन, अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ । चलचित्रको छायांकन भोलीबाट सुरु हुनेछ ।

४० दिनको सेड्यूलमा यो चलचित्रको छायांकन हुनेछ । चलचित्रको छायांकन काठमाण्डौ, चितवन लगायतका क्षेत्रमा गरिने निर्माणपक्षले जानकारी दिएको छ ।
चलचित्रमा सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोखरेल, सन्जित भण्डारी, ओम गुरुङको साथमा नयाँ नायक कविर खड्काको अभिनय रहनेछ । चलचित्रमा वाल-कलाकारको रुपमा कुशाग्र भट्टराइको अभिनय रहनेछ ।

पपुलर मल्टी मिडियाको ब्यानरमा यो चलचित्र बन्नेछ । यो ब्यानरले यस अगाडि ‘किन लाग्छ माया, बोक्सी’ जस्ता फिचर फिल्म बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment