Comments Add Comment

वालमिकी क्याम्पसमा अखिललाई विजयी गराउन माग गर्दै नाराबाजी

१५ फागुन, काठमाडौं । बाल्मिकी क्याम्पसमा आफ्नो टिमलाई विजयी घोषणा गर्न माग गर्दै अनेरास्ववियुले नाराबाजी गरेको छ ।

उनीहरुका अनुसार शनिबार उम्मेदवारी दर्ताको समय थियो र, अनेरास्ववियुको मात्र उम्मेदवारी परेको थियो । तर, विद्यार्थी हकहित मञ्चका नाममा क्याम्पसमा तालाबन्दी गरिएको छ ।

यही तालाबन्दीलाई देखाएर क्याम्पस प्रशासनले पनि चुनावी प्रक्रिया अघि नबढाएको अनेरास्ववियुले बताएको छ ।

आफ्नो टिमलाई विजयी घोषणा गर्नु पर्ने माग गर्दै अखिलका कार्यकर्ताहरुले क्याम्पस परिसरभित्रै टायर बालेर प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment