Comments Add Comment

धुर्मुस सुन्तलीलाई विवेकशीलको ५ लाख सहयोग

१५ फागुन, काठमाडौं । विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले फाउन्डेसनका अध्यक्षा सीताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरिन् ।

पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेशनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले बताए। भूकम्पपछि राहत तथा उद्धार कार्यक्रममा देश विदेशबाट प्राप्त भएको सहयोगमा बचेको रकमबाट यो सहयोग गरिएको उनले बताए ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले ईच्छुक संघसंस्था तथा ब्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment