+
+

नेपाल इन्भेष्टमेन्ट बैंकले पुरा गर्यो तीन दशक

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १५ गते १७:१९


१५ फागुन, काठमाडौं । सन् १९८६ मा स्थापना भएको नेपाल इन्भेष्टमेण्ट बैंकले तीन दशक पार गरेको छ । बैंकले हालै फाइनान्सियल टाइम्स लण्डनबाट पाँचौं पटक “बैंक अफ द इयर“को अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो । बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगावै आठ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो बाणिज्य बैक बन्न पनि सफल भएको छ ।

बैंकले हाल आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा ए.टि.एम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

गत आ.व.२०७२÷७३ मा बैंकले रू. ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकको खुद नाफा रु २ अर्व ५५ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा यो क्रमश ३२.६ र ३० प्रतिशतले बृद्धि हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले रु १ अर्व  ५८ करोड खुद नाफा गर्न सफल भएको छ ।

दोस्रो त्रैमासमा बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ७१ करोड स्पैयाँ रहेको छ भने सेयरधनी कोष रु १८ अर्ब रुपैयाँभन्दा बढी छ । यससँगै निजी बैंकहरू मध्ये सर्वाधिक पूँजी भएको बैक बनेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको छ ।
बैंकले सन् २०१०र११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइसिआरए नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?