Comments Add Comment

डायना पेन्टीसँग स्क्रिन शेयर गर्दै फरहान अख्तर

‘ककटेल गर्ल’ डायना पेन्टी र फरहान अख्तरले स्क्रिन साझेदार गर्दैछन्, फिल्म लखनऊ सेन्ट्रलमा । अघिल्लो बर्ष फिल्म ‘लखनऊ सेन्ट्रल’को घोषणा अभिनेता फरहान अख्तर र कृति सेननको जोडीको साथ भएको थियो ।

तर, कारणवस यस फिल्मको सुटिङ सेड्युल कृति सेननको निम्ति अनुकुल भएन । उनी ‘लखनऊ सेन्ट्रल’ बाट बाहिरिइन् ।

तर, अब कृति सेननको स्थानमा डायना पेन्टी आउने चर्चा छ । उनी हालैमात्र ‘ह्याप्पी भाग जाएगी’ मा लिड रोल गरिरहेकी थिइन् । अब उनले फरहान अख्तरसँग स्क्रिन शेयर गर्ने भएकी छिन् । ‘लखनऊ सेन्ट्रल’मा अनुबन्धित भएपछि डायना निकै उत्साहित छिन् ।

फिल्ममा उनले एक गैर सरकारी संस्थाको कार्यकर्ताको भूमिका निर्वाह गर्दैछिन् । यो फिल्मको छायांकन चाढै सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment