Comments Add Comment

तीन सयको टप लगाएर शाहिदको पार्टीमा पुगिन् दीपिका

फेसनको मामलामा निकै अगाडि छिन् बलिउड हिरोइन दीपिका पादुकोण । हालै अभिनेता शाहिद कपुरको प्री-बर्थडे पार्टीमा उनी निकै शानदार पहिरनमा प्रस्तुत भइन् । तर यो पहिरनभित्रको राज कमैलाई मात्रै थाहा छ ।

पार्टीमा दीपिकाले ब्ल्याक टप र गोल्डेन पाइजामा लगाएकी थिइन् । यो ड्रेस उनलाई निकै सुहाएको पनि थियो । तर यो थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ कि उनले लगाएको टप केवल ३०० भारुको थियो । ४६ हजार भारुको पाइजामामाथि ३ सयको टप लगाएर उनी पार्टीमा आएकी थिइन् ।

त्यसो त पार्टीमा जाँदा दीपिकाले आफ्नो ड्रेसमा मात्रै दुई लाख खर्च गरेकी छिन् । उनले लगाएको टप तीन सय ३४ रुपैयाँ ७९ पैसाको हो भने पाइजामा ४६ हजार ५ सय ५१ रुपैयाँ १० पैसाको हो । ड्रेसलाई पर्फ]{ट लुक दिनका लागि दीपिकाले ब्ल्याक क्रिस्टियन लोउबुटीन हिल्स लगाएकी थिइन्, जसको मूल्य हो ३७ हजार ८ सय ८४ रुपैयाँ ५९ पैसा ।

यसका अलावा उनले एउटा गुसी सिल्भी मिनी बडी ब्याग पनि बोकेकी थिइन्, जसको मूल्य १ लाख १२ हजार ३ सय ३९ रुपैयाँ रहेको बताइएको छ । यसरी कुल मिलाएर दीपिकाले पार्टीका लागि एक लाख ९७ हजार एक सय ९ रुपैयाँ खर्च गरिन् ।

पहिरनको विषयलाई लिएर दीपिका अक्सर चर्चामा आउने गर्छिन् । उनी ठाउँ-ठाउँमा निकै बोल्ड ड्रेस लगाउन पनि पछि पर्दिनन् । उनले हलिउड हिरोइनहरुको पहिरनको नक्कल गर्ने गरेको आरोप लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment