Comments Add Comment

बुद्ध एयरको यात्राः सुरक्षा नै पहिलो सर्त

अत्याधुनिक प्रविधिको अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदै


१५ फागुन, काठमाडौं । जहाज कम्पनीहरु कसरी आम्दानी गर्छन् ? यो कुनै गहिरो दिमाग लगाउनुपर्ने कुरा होइन । जति धेरैले यात्रा गर्छन्, उत्ति नै धेरै कमाइ हुन्छ । जुन कम्पनीले आफ्ना जहाजको उच्चतम उपयोग गर्छ त्यही सफल विमान सञ्चालक बन्न सक्छ ।

उसोभए यो घिउ खाए जत्तिकै सजिलो छ त ? पक्कै पनि छैन । जब उडानको कुरा आउँछ, त्यहाँ प्रकृति पनि मिसिन्छ । प्रकृतिले साथ नदिँदा उडान सञ्चालन त्यत्ति सजिलो हुँदैन ।

‘अपरेशन कन्ट्रोल सेण्टरको उद्देश्य नै सूचिकृत उडानहरुलाई समयमै, विश्वसनीय र सुरक्षित तवरले पठाउनु हो,’ बद्ध एयर अन्र्तगत अपरेश कन्ट्रोल सेण्टरका प्रवन्धक उमेश खड्का भन्छन्, ‘हरेक दिनका उडान सञ्चालनका लागि कति कुराले निर्धारण गर्छन् भन्ने आधारमा यो चुनौतिपूर्ण हुन्छ ।’

बुद्ध एयरजस्तो नेतृत्वदायी विमान कम्पनीका लागि उडान सञ्चालन सम्बन्धी निर्णयमा यात्रु र चालक दलको सुरक्षा नै प्राथमिक महत्वमा पर्छ । अपरेशन कन्ट्रोल सेण्टर र उडान गराउने समूह सधैं कुन उडान सञ्चालन गर्ने र कुन रद्द गर्ने भनि तत्पर भएर बस्नुपर्छ । यात्रु र कम्पनीको आम्दानी दुवैका लागि तोकिएको समयमा नै उडान भर्नु महत्वपूर्ण हुन्छ ।

बढ्दो एयर ट्राफिकका कारण समयमै उडान भर्नु निकै चुनौती रहेको छ । अझ कहिलेकाही धावनमार्ग चर्कदा/बिगि्रदा घण्टौ उडान स्थगित हुने गर्छ । कुनै बेला गन्तव्यका विमानस्थलहरु खराब मौसम र कम भिजिबिलिटीका कारण खुल्दैनन् ।

त्यसैगरी उडान र अवतरण गरिने विमानस्थलमा मौसमको समस्या नभएपनि आकस्मिक अवतरणका लागि पहिचान गरिएको विमानस्थलमा सो समस्या हुनसक्छ । यी इत्यादि कारणले उडान विलम्व/रद्द हुन जान्छ, जसको प्रत्यक्ष मार यात्रुलगायत विमान कम्पनीहरुमाथि स्वतः पर्न जान्छ ।

एउटा स्थानबाट अर्को स्थानमा जाँदा उडानमा समस्या भएर वा गन्तव्यमा पुग्न कठिनाई हुँदा आकस्मिक अवतरणका लागि नजिकको विमानस्थल पहिचान गरिएको हुन्छ । त्यसको मौसमले पनि उडानलाई प्रभावित पार्न सक्छ ।

‘लाइन मेन्टेनेन्स’ समूहले उडानपूर्व सामान्य समस्या भेटेमा उडान गर्न रोक लगाउँछ । सो समस्याको तुरुन्तै निराकरण अथवा वैकल्पिक जहाजले मात्र उडान हुन्छ ।

बद्ध एयरका लागि यात्रु र चालक दलको सुरक्षा नै सबैभन्दा महत्वपूर्ण हो । कम्पनी खतरायुक्त उडानबाट हुने छोटो प्रतिफलभन्दा पनि सुरक्षित यात्रामा विश्वास गर्छ । उडान सञ्चालन समूहले उच्चतम प्रविधि र प्रणालीमार्फत उडान सुरक्षाका लागि काम गर्छ ।

यसका सदस्यले ‘नेक्ट जेनेरेसन’, ‘सिस्टम नोटप्याड’, ‘डिस्प्याच लक’ लगायतका प्रणालीको प्रयोग गर्दै समयमै सुरक्षित उडान भर्ने व्यवस्था मिलाउँछन् ।

यदी तपाइर्ं अर्को पटकको उडान बुद्ध एयरमार्फत गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुुस्, तपाईको सुरक्षित उडानका लागि हरेक प्रकारले तयारी गरेको हुन्छ ।

अपरेशन कन्ट्रोल सेन्टरले विमानस्थलमा मौसमको अवस्था, आकस्मिक अवतरणका लागि भैपरी विमानस्थलको अवस्था, जहाजको लगायतको सुक्ष्म अध्ययन गरी पूर्ण रुपमा यात्रा सुरक्ष्ँित बनाइएको हुन्छ ।

यदी तपाईंलाई विमानस्थल पुगेर पनि जहाज रद्द भई फर्कनुपर्‍यो वा स्थगन भई पर्खनुपर्‍यो भने ठान्नुस्- ‘तपाईको सुरक्षाकै लागि ढिला भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment