Comments Add Comment

गोमाले ल्यायो दुई नयाँ विमान, दूर्गम क्षेत्रलाई गन्तब्य बनाउने


१५ फागुन, काठमाडौं । गोमा एयरलाइन्सले आइतबार दुईवटा नयाँ एलईटी विमानबाट सेवा थाल्ने भएको छ । दुर्गम र पर्यटकीय गन्तव्यमा सेवा दिँदै आएको गोमासँग अब ६ वटा विमान भएको छ ।

नयाँ दुई विमान थपिएसँगै कम्पनीसँग एलईटी ४१० यूभीपी- इ २० विमानको संख्या ४ पुगेको छ । गोमासँग दुईटा सिंगल इन्जिन सेस्ना क्याराभान विमानमा पनि छन् ।

दूर्गम विमानस्थलहरुका र पर्यटन व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै कम्पनिले थप दुई विमानहरु रुसी कम्पनीसँग खरिद गरेको जनाएको छ ।

दुबै विमान नेपाली चालक तथा इन्जिनियरिङ दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुँदै नेपाल ल्याएका हुन् । छोटो धावनमार्ग प्रयोग गर्ने गोमाका ६ वटै विमानहरुले काठमाडाैं, पोखरा, र नेपालगञ्जबाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा उडान भर्ने योजना कम्पनीले बनाएको छ ।

सेवा विस्तारसँगै चाहिने पूर्वाधारहरुको व्यवस्था कम्पनिले विमानहरु आउनु अगावै तयारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment