Comments Add Comment

ग्रीन फ्लोरम्याक्सको ‘इन्स्टलर मीट-२०१७’

१५ फागुन, काठमाडौं । केडिया अर्गनाइजेशनको भगिनी संस्था ग्रीन फ्लोरम्याक्सको आधिकारिक बितरक आरआईपीएल इन्टरनेशनल प्रालिले ‘इन्स्नटलर मीट-२०१७’ आयोजना गरेको छ ।

जसमा इन्स्टलरहरुलाई विभिन्न साइजका काठका टुक्राहरुले कलात्मकरुपमा भुँई सजाउने पेशागत तालिमहरुबाट दिक्षित गरियो ।

केडिया अर्गनाइजेशनका प्रमुख अनिल केडियाको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको हो । फिर्टसहरुको पेशागत दक्षता अभिवृद्धि गर्दै काठजन्य पदार्थहरुबाट कसरी ग्राहकका लागि स्तरीय मापदण्डमा कलात्मक बनोट तथा साज सजावट निकाल्ने उद्देश्यसहित कार्यक्रम भएको हो ।

कार्यक्रममा काठमाण्डौ उपत्यकाभित्रका ३५ जना छनौट भएका फिर्टसहरुको विशेष उपस्थिति थियो । केडिया अर्गनाइजेशनका निर्देशक आयुश केडियाज्यूको प्रत्यक्ष रेखदेख तथा निगरानीमा कार्यक्रम भएको हो ।

भारतीय कम्पनी ग्रीनप्लाइका इन्जिनियर गौरब दासले उनीहरुलाई तालिम दिएका थिए । उनले सौर्यको प्रकाशको दिशाको ख्याल गर्दै कसरी होशियारीपूर्वक काम गर्न सिकाएका थिए ।

कार्यक्रम इन्टेरियर डिजायनर सपना सापकोटा, आरआईपीएल इन्टरनेशनलका निर्देशक अजय घिरैया तथा कर्पाेरेट मेनेजर राजकुमार शाहको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment