Comments Add Comment

मनोज पुनले यसरी गराए दुर्गा तिवारीको हत्या

तीन अपराध तर, कनेक्सन एक

१५ फागुन, भैरहवा । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मुख्य अभियुक्त र सुटरसहित ५ जना अझै फरार छन् ।

झण्डै सोढे २ महिनाको अनुसन्धानपछि प्रहरीले तिवारीको हत्याको मुख्य योजनाकार मनोज पुन नै भएको बताएको छ । घटना भएकै दिन पुस ४ मा उनले टेलफोनमा तिवारी हत्याको जिम्मेवारी लिएका थिए ।

तिवारीको हत्या रिसिबीको कारण नै भएको पनि प्रहरीको निश्र्कष छ । तर, मनोज फरार भएकामले के कारणको रिसिबी भन्ने प्रहरीले खुलाउन सकेको छैन ।

यद्यपि मनोज पुन विगतमा एमालेकै कार्यकर्ता रहेको र तिवारीकै कारण पार्टीले कारवाही गरेको भन्ने बुझाइका कारण पुनले तिवारीसँग रिसिबी राखेको देखिन्छ ।

घटनामा १३ जना संग्लनता रहेको प्रहरीले बताएको छ । त्यस मध्ये घटनामा संग्लन रहेको ८ जना पक्राउ परेपनि मनोज पुन सहित ५ जना अझै फरार रहेका छन् ।

पक्राउ पर्नेहरुमा देवदह नपा ६ का ३१ वर्षीय बसन्त बहादुर चापागाई, तिलोत्तमा नपा १५ का २७ वर्षीय बुद्धिसागर यादव, सोही स्थानका २४ वर्षीय राजेश यादव, तिलोत्तमा नपा ८ का प्रयास भन्ने खेमानन्द भट्टराई, २३ वर्षीय सागर थापा, धकधई ८ का २८ वर्षीय अंगद थारु, देवदह नपा १ का २८ वर्षीय ऋषिश्रवर कुमाल र पुनको भान्जा रोजन गुरुङ्ग छन् ।

घटनामा मुख्य योजनाकार भने देवदह नपा ६ का २९ वर्षीय मनोज पुनहुन् । सिद्धार्थनगर नगरपालिका (भैरहवा) १३ का विकास भन्ने सोम बहादुर आले योजनाकार भएको प्रहरीले बताएको छ । राजु नामक सुटर घटनामा प्रयोग भएको छ । उनीसँगै बारा गढीमाई नपा १ श्याम गुरुङ्ग पनि फरार छन् ।

यसरी हानियो तिवारीमाथि गोली

यो घटना गराउन मुख्य योजनाकार मनोज पुन आफैंले योजना बुनेको र एक अर्कासँग परिचय नभएको व्यक्तिहरुलाई घटनामा संग्लनता गराइएको देखिन्छ । पक्राउ परेको अधिकांश आरोपीहरु अपराधी पृष्ठभुमिको रहेको प्रहरीले बताएको छ ।

घटनाको लागि आवश्यक पर्ने मोटरसाइकल पुनको निर्देशनमा पक्राउ परेको सागर थापाले चोरीको बा ५१ प ८०७३ -नक्कली नम्बर प्लेट) किनेका थिए । र, घटनाको केही महिना अघि नै बुद्धिसागर यादवलाई लुकाएर राख्न लगाएका थिए ।

सागर थापा र बद्धिसागरको एक आपसमा चिनजान थिएन । पुनले सागरलाई दिएको निर्देशन अनुसार सागरले मोटरसाइकल यादवलाई लगेर दिएका थिए । हतियार भने बाबु भन्ने तुल बहादुर सिजाँलीले व्यवस्था गरे ।

घटनाको सम्पुर्ण तयारी पश्चात पुस ४ गते दिन बुद्धिसागरको घरमा रहेको चोरीको मोटरसाइकल बुद्धिसागरले आफ्नो भाइ राजेश यादव मार्फत देवदह मणिग्राम सडकखण्डको रोहिणी खोलासम्म पुर्‍याउन लगाए । उता उक्त मोटरसाइकल लिनका लागि ३ जना आए । पक्राउ परेको खिमानन्द भट्टराईले आफ्नो लु २८ प २११९ नम्बर मोटरसाइकलमा सुटर राजु र मोटरसाइकल चालक सागर थापाले बसालेर रोहिणी खोलमा उक्त मोटरसाइल लिन आए ।

मोटरसाइकल पुर्याउन गएर राजेश यादव र मोटरसाइकल लिन आएका ३ जना बिच परिचय थिएन । त्यसपछि उक्त मोटरसाइकल सागर थापाले चलाए र सुटर राजु पछाडी बसे ।

त्यसपछि सागर र राजुले तुलबहादुर सिजालीसगँ हतियार लिए । उता पक्राउ परेका देवदह नपा ६ का ३१ वषर्ीय बसन्त बहादुर चापागाईले पुनको निर्देशनमा दिनभरी तिवारीको गतिविधीको निगरागी गरी जानकारी गराइरहेका थिए ।

चापागाईको सूचना अनुसार राजु र सागर देवदहको खैरनीमा आएर पौडेल मिष्ठान भण्डार आगाडि रहेका तिवारीमाथि निगरानी राखेर पिछा गर्दौ गए र, तिवारी स्थानीय खुशी न्यौपानेले चलाएको मोटरसाइकलको पछाडि बसेर देवदह ८ स्थित कोलिया मार्गमा गइरहेको अवस्थामा सुटर राजुले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र धानुकले बताए ।

प्रहरीका अनुसार उनीहरु तिवारीमाथि गोली प्रहार गरेर सेमराना हुँदै मोटरसाइकल लिएकै ठाउँ रोहिणी पुलमा पुगे । र, उनीहरुले घटनामा प्रयोग उक्त मोटरसाइकल त्यहाँ छाडे । त्यसपछि बिचमा सागर र राजु दुवैले पुनलाई टेलिफोन सम्पर्क गरी घटना सफल भएको जानकारी गराएका थिए । पुनलाई टेलिफोन गरेलगतै सागरले प्रयोग मोबाइल र सिम भाचेर फालिदिए ।

त्यहाँबाट खिमानन्द भट्टराईले उनीहरुलाई पुन आफ्नो मोटरसाइकलमा बसालेर मणिग्रामसम्म पुर्याएको अनुसन्धान पाइएको छ । त्यसपछि भट्टराईले मणिग्रामबाट सुटर राजुलाई पोखरा र सागरलाई पाल्पा हुँदै गुल्मी रिडीतर्फ पठाएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी धानुकले बताए ।

घटनापछि पुनले उद्योगी, व्यवसायीलाई धम्काउँदै रकम असुली कार्य सुरु गरे । पुनले रकम असुलीको लागि धकधई ८ का २८ वषर्ीय अगंद थारु र देवदह नपा ९ का २८ वषर्ीय ऋषिश्रवर कुमाललाई खटाए, जो अहिले पक्राउ परेका छन् ।

दुवैजनाले बुटवलको मणिमुकन्द सेन पार्कबाट एक उद्योगीसँग एक लाख रुपैयाँ लिएर ८९ हजार रुपैयाँ सोनु राप्चाको नाममा काठमाडौं पठाए । र, ११ हजार रुपैयाँ आफैंले खर्च गरे ।सोनु राप्चाको नाममा आएको उक्त ८९ हजार रोजन गुरुङ्गले काठमाण्डौंबाट उत्तम बस्यालको नाममा दुबईमा पठाए । रोजन गुरुङ्ग र सोनु राप्चा श्रीमान श्रीमती हुन् । रोजन गुरुङ्ग पुनको भान्जा हुन् ।

घटना घटाएर गुल्मी गएको सागर थापा केही समयपछि काठमाडौं पुगेका थिए र रोजनले कोठाको व्यवस्था मिलाइदिएका थिए ।

घटनामा कुन भूमिकामा संग्नलता रहेको भन्ने पुष्टि नभएपनि फरार रहेका भैरहवाका विकास भन्ने सोमबहादुर आले, बारा जिल्लाका श्याम गुरुङ्ग र मनोज पुन अहिले पनि सँगै बसिरहेको अनुसन्धानमा पाइएको प्रहरी स्रोतले बताएको छ ।

तीन अपराध तर, कनेक्सन एक

केही महिनाको अन्तरालमा रुपन्देहीमा तीन घटना भए । र, सबैको एउटै कनेक्सन देखिएको छ ।

गत भदौ १२ गते भैरहवामा पेस्तोल देखाएको ७ लाख ६० हजार रुपैयाँ लुटपाट, मंसिर २१ गते सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने माथि गोली प्रहार र पुस ४ गते युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो ।

भदौ १२ गते सिद्धार्थनगर पालिका ३ दरखसवा (भैरहवा) मा अरुणकुमार तेली र कमलेश यादवको साथमा रहेको ७ लाख ६० हजार रुपैयाँ लुटिएको थियो । उक्त घटनामा ८ जनाको संग्लनता रहेको प्रहरीले बताएको छ । त्यसमध्ये ५ जना पक्राउ परेको र ३ जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा घटनाको लागि मोटरसाइकल तथा कटुवा पेस्तोल उपलब्ध गराउने रुपन्देही हाटीबनगाई ६ का २९ वर्षीय पवनराज भर, घटनामा प्रयोग भएको हतियार राख्ने सोही स्थानका ५०वर्षीय अनरुद्र यादव, सूचना उपलब्ध गराउने भारत महराजगंज जिल्ला सुनौलीका ३० वर्षीय अरबिन्द साहनी, बाटो रेक्की गर्ने रुपन्देही कम्हरीया ४ का ४२ वर्षीय मोचु भन्ने ओमप्रकाश मल्लाह, र घटनाको दिन मोटरसाइकल उपलब्ध गराउने ३३ वर्षीय सक्रौन पकडी ९ का श्रीनिवास यादव छन् ।

त्यस्तै फरार हुनेहरुमा घटनाको मुख्य योजनाकार तथा घटनास्थलमा पेस्तोल देखाई रकम लुटपाट गर्ने सिद्धार्थनगर नगरपालिका (भैरहवा) १३ का ४२ वर्षीय विकास भन्ने सोमबहादुर आले, घटनामा मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका (भैरहवा) ४ दोगहाराका २४ वषर्ीय मनौर मुसलमान, हतियार उपलब्ध गराउनेमा सक्रौन पकडीका ३५ वर्षीय शिवशंकर चौधरी छन् ।

पुन कहाँ आलेको सेल्टर

प्रहरीले रकम लुटपाट घटनामा अनुसन्धान गर्दै जाँदा घटनाको मुख्य योजनाकार सोमबहादुर आले रहेको प्रहरीले निश्र्कष निकालेको छ । जो अहिले मनोज पुनसँगै बसिरहेका छन् । आले अपराधी पृष्ठिभूमिका व्यक्ति हुन् ।

उनी भैरहवा कारगारमो जेल सजाय काटिरहेको बेला उनको मनोज पुनको निकटतम व्यक्तिमार्फत कारगारमै भेटघाट भएको थियो । र, त्यही भेटघाटले अहिले आले पुनसँगै पुगेका छन् । आलेले भैरहवामा रकम लुटपाट गरेपछि उनलाई पुनले सेल्टेर दिएको देखिन्छ ।

र, दुवैले मिलेर उद्योगी व्यवसायीसँग रकम असुली गरिरहेको प्रहरीले अनुसन्धानमा पाएको छ ।

न्यौपाने गोलीकाण्ड

गत मंसिर २१ गते सिद्धार्थ उद्योग वाणिज्य संघको उपाध्यक्ष कुल प्रसाद न्यौपाने गल्लामण्डीस्थित आफ्नै निवासमा बसिरहेको अवस्थामा गोली प्रहार गरिएको थियो ।

तर, गोली उनलाई लागेन । घटनाको नुसन्धान गर्दै जादाँ रकम लुटपाट घटनामा संग्लन रहेको आरोपीहरु र थप बाहिरी व्यक्ति यस घटनामा संग्लनता देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेले बताए । संग्लनता देखिएपनि प्रमाण अपुग रहेको कारण घटना अनुसन्धानमै रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment