Comments Add Comment

लमजुङमा नेविसंघ र अखिलको झडप, प्रहरी पनि घाइते

१६ फागुन, लमजुङ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच सोमबार बिहान झडप भएको छ ।

क्याम्पसमा अध्ययनरत नेविसंघ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् ।

झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते भएका छन् ।

घाइते हुनेमा नेविसङ्घ समर्थित तीनजना छात्र रहेका छन् । घाइतेमध्ये छात्र दीपेन्द्र रेग्मीलाई गम्भीर चोट लागेको बताइएको छ । झडपका क्रममा क्याम्पस प्रमुख लालप्रसाद अमगाईंलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

स्ववियु निर्वाचनका सिलसिलामा असन्तुष्टि जनाउँदै एमाले निकट अखिल विद्यार्थीले क्याम्पसमा आइतवार ताला लगाएका थिए । ताला खोल्नको लागि बिहानै भएको वार्ताका क्रममा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ ।

झडप भएपछि बेसीसहरबाट थप प्रहरी टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment