Comments Add Comment

आइजीपी विवादः आज चन्द पक्षका वकिलले बहस गर्ने


१७ फागुन, काठमाडौं । नेपाल प्रहरीको आइजीपी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा  परेको रिटमा आज विपक्षी जयबहादुर चन्द पक्षका वकिलहरुले बहस गर्ने भएका छन् ।

अधिवक्ता कपिल ढकाल र डीआइजी नवराज सिलवालले दिएको रिटविरुद्ध आज चन्द पक्षका कानुन व्यवसायीहरुले बहस गर्ने भएका हुन् ।

गत शुक्रबार सरकारी वकिल र सिलवाल पक्षका वकिलहरुको बहस सकिएपछि बहस आजका लागि सारिएको थियो । आजको बहसमा चन्द पक्षका वकिलहरु सुशील पन्त, दिनमणी पोखरेल लगायतले बहस गर्नेछन् ।

यदि आज बहस सकिए अदालतले चन्दको नियुक्ति यथास्थितिमा राख्न दिएको अल्पकालिन आदेश कायम रहने कि नरहने भन्ने निर्णय आउने छ ।

यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले जयबहादुर चन्दलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध अल्पकालिन आदेश दिएको थियो ।

न्यायाधीशद्वय हरीकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा आइजीपी नियुक्तिको सुनुवाइ भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment