Comments Add Comment

प्रहरी प्रमुख नियुक्ति विवादमा बहस सकियो, आदेश आजै आउने


१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा बहस सकिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने आदेश आजै आउनेछ ।

सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अधिवक्ता कपिलदेव ढकालले वरियताक्रम मिचेर बढुवा गर्न नहुने भन्दै नियुक्त अघि नै दायर रिटमा यो आदेश आएको थियो ।

लगतै डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै अर्को रिट हालेका थिए ।

ढकाल र सिलवालको रिटलाई एकसाथ राखेर न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बहस सुरु भएको थियो । बुधबार बहस सकिएको छ र, प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले दिएको अन्तरिम आदेशलाई जारी राख्ने कि नराख्ने भन्ने आदेश आजै आउने रिट निवेदक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment