Comments Add Comment

जयबहादुर चन्दलाई प्रहरी प्रमुख हुन सर्वोच्चको रोक कायमै

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यससँगै अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्द प्रहरी प्रमुख हुने बाटो बन्द भएको छ ।

सरकारले डीआईजी चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

लगतै डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै अर्को रिट हालेका थिए ।

कपिलदेव ढकाल ढकाल र सिलवालको रिटलाई एकसाथ राखेर न्यायाधीशयद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बहस सुरु भएको थियो ।

बुधबार बहस सकिएलगत्तै इजलासले प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

आदेशमा भनिएको छ, ‘गृह मन्त्रालयले प्रस्ताव पेश गर्दा नियम ४१ मा उल्लेखित जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता तथा आफू मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सामर्थ्यको मूल्यांकन गरी प्रस्ताव तयार गरेको देखिन आउँदैन ।’

बढुवाको निर्णय गर्दा चन्दलाई बढुवा गर्नु पर्ने आधार र कारण समेत उल्लेख नगरिएको तथा रिट निवेदक डीआईजी सिलवाललाई समेत सामेल गरेर मूल्यांकन गरिएको नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रहरी प्रमुख पद लामो समय रिक्त राखेर (कामु) विशेष व्यवस्थाको भरमा चलाउन नहुने भन्दै सर्वोच्चले लिखित जवाफ पेश गर्ने (४५ दिने) म्याद सकिएको मितिले ३ दिनभित्र पूर्ण सुनुवाईका लागि पेशी तोक्न भनेको छ ।

हेर्नुहोस् सर्वोच्चको आदेश 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment