Comments Add Comment

ओलीले भने- वक्तृत्वमा प्रथम हुनुछैन, चुनावमै भेटौंला (भिडियोसहित)

हिजो गल्ती गरियो, संविधान संशोधन पास हुँदैन


१८ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीलाई पत्रकारले प्रश्न सोधे- यसअघि तपाई संविधान संशोधन प्रस्ताव संसदमा टेबल नै हुन दिइन्न भन्नुहुन्थ्यो, त्यो टेबल भइसकेको छ । अब मतदानमा जाने हो भने मधेसी मोर्चा पनि चुनावमा आउँछ भनिँदैछ, एमालेले अब मतदानमा भाग लिन्छ कि लिँदैन ?

यो प्रश्नको जवाफ एमाले अध्यक्ष ओलीले यसरी दिए-

‘एउटा अन्योल र भ्रमको स्थितिमा जनताको न्यून चेतनाको दुरुपयोग गरिकन केहीले शब्दहरुको खेलबाट एमालेले लोकतान्त्रिक अभ्यासलाई मानेन, हुन दिएन भन्ने जुन कुरा गरे, त्यसलाई हामीले अलिकति ध्यान दिएका हौं । हेरौं न त । तर, त्यो अभ्यासको कुरा होइन, त्यसको निश्कर्षसँग छ, पहाड र तराई छुट्याउने कुरासँग छ । हामीले दुई नम्बर प्रदेश त्यस ढंगले बनाउन मान्नुहुने थिएन । गल्ती गरियो हिजो ।

अर्को थप गल्ती ५ नम्बर प्रदेश सम्बन्धमा पहिलो प्रस्ताव कांग्रेसकै जोडमा हामीले सहमति जनाएका थियौं । तर, पछि मनसाय बुझिसकेपछि हामीले त्यसलाई सच्यायौं । कांग्रेसलाई पनि हामीले त्यसमा सहमति गरायौं र कांग्रेसको समेत सहमतिबाट अहिले बनेको ५ नम्बर प्रदेशमा आइसकेका हामीले अगाडि बढेर समर्थन गरेका हौं र कांग्रेसले त्यसलाई मञ्जुर गरेको हो । संविधान जारी हुनुभन्दा अगाडि, तयारी गर्ने प्रशंगमा ।

अब जति बिगि्रयो, योभन्दा बढी बिग्रन दिने पक्षमा छैनौं । तराई र पहाड पूर्णरुपमा छुट्याउने योजना छ, त्यो नेपालको हितमा बिल्कुलै छैन । म नम्र निवेदन सबैलाई गर्न चाहन्छु, नेकपा एमाले यस देशमा छ, त्यसकारण त्यो कुरा हुन दिँदैन ।

यसका निम्ति पहिलो स्टेप प्रदेश नं ५ को पहाड र तराई छुट्याउने प्रयास छ । त्यो असंवैधानिक छ । र, त्यो एकदमै दीर्घकालीन योजना अन्तरगत छ । त्यसकारण नेकपा एमालेले त्यसलाई हुन दिँदैन । त्यो हुनेवाला छैन । यो फाइनल भर्डिक्ट हो । हामीले पहिलेदेखि नै भनिराखेका छौं । यदि निश्कर्ष सोध्नुहुन्छ भने यस व्यवस्थापिका संसदले पास गर्दैन ।

अब पास नगरे नमान्ने, पास नगरे राजनीमा दिएर हिँड्ने । वहाँहरुलाई मनाउनलाई त्यो पास गर्नुपर्ने । वहाँहरुले प्रक्रियामा गएर परिणाम आए पनि त्यो परिणाम नमान्ने । नमान्ने परिणाम किन चाहियो ? यदि एमाले मतदानमा भाग लिन्छ भने मतदानको परिणाम स्वीकार्छ, स्वीकार्नुपर्छ । यदि तपाई प्रक्रियामा सामेल हुनुहुन्छ भने परिणाम स्वीकार्नुपर्छ ।

संविधासभामा बस्ने, भत्ता खाने, सबै चिज गर्ने अनि संविधान बनाउने बेलामा उतातिर कताकता घुमेर बस्ने । संविधानसभामा मान्छे देखिँदैन संविधान बनाउने बेलामा । कहाँ छन् संविधान बनाउने सांसद भन्दा विरोध गरेको रे, बाहिर बाहिरै छन् भन्ने सुनिन्छ । यो प्रक्रियामा एमाले जाँदैन ।

भ्रम चिर्न मेची-काली अभियान

एमाले अध्यक्ष ओलीले संविधानबारे उठाइएका भ्रमहरु चिर्नका लागि एमालेले मेचीकाल अिभियान सञ्चालन गर्न लागेको बताए । यसले थप व्यख्या गर्दै भने-

हामीले लामो समयदेखि संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने छ । अधिकारहरु संविधानद्वारा संस्थागत गरिसकेपछि नेपालमा संविधान बन्न नदिने, जारी गर्न नदिने, कार्यान्वयन हुन नदिने पक्षमा लाग्या छन् ।

अहिले उपलब्धिहरुको रक्षा गर्ने लोकतन्त्रलाई सुदृढ गर्दै संविधान कार्यान्वयनको पाटोबाट संविधानले परिकल्पना गरेका संरचना तयार गर्दै अगाडि बढ्न जरुरी छ । त्यसका निम्ति सकेसम्म भ्रम फिजाउने, जनता अल्मल्याउने, जनतामा असन्तुष्टि भड्काउने कामहरु भइरहेका छन् । अझै पनि गर्वका साथ त्यस्ता कुराहरुलाई निकै उत्साहपूर्ण ढंगले प्रस्तुत गर्नेहरु पनि छन् ।

हिजो पनि साँझतिर हामीले सम्वोधन हेर्‍यौं, यस देशमा साम्प्रदायिकताको सबभन्दा चर्को आवाज कसले उठायो ? जनताका वीचमा राष्ट्रिय एकता धुजाधुजा हुने गरी कसले साम्प्रदायिक विद्वेश मच्चायो ? गज्जपको सम्वोधन सुन्न पाइयो । कसले वितण्डता मच्चायो ? गज्जप छ । अधिकारका नाममा गज्जप छ । म त्यतापट्टि अहिले जान चाहन्न ।

हामी यतिबेला संविधानमा अधिकार र अवसरको सम्बन्धमा विभेद छैन, तर सुशासनको सम्बन्धमा संविधानमा हामीले धेरै पक्षहरु परिमार्जन गर्नुपर्ने छ । अधिकारको पक्षमा त्यस्तो विभेद छँदैछ । अधिकार पाइएन, ठगियो भन्ने भ्रम फिँजाइएको छ । यही भ्रम चिर्नका लागि हामीले मेचीकाली अभियान चलाउन लागेका हौं । यो कसैका विरुद्ध, दल विशेषका विरुद्धमा होइन ।

यो पनि पढ्नुहोस्

विमलेन्द्रलाई केपी ओलीको चेतावनीः यस्ता गृहमन्त्री धेरै देखेका छौं (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment