Comments Add Comment

चितवनका युवामा विदेशमोह घट्दो, युवाहरु स्वदेशमै आत्मनिर्भर बन्दै

१९ फागुन, चितवन । चितवनका युवाहरुमा वैदेशिक मोह घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको राहदानी फाँटको तथ्याङ्कले क्रमिक रुपमा यहाँका युवाहरुको विदेशमोह घट्दो क्रममा रहेको देखाएको हो ।

बिगतका वर्षमा अत्यधिक रुपमा उकासिएको राहदानी लिनेहरुको संख्या केही वर्षदेखि क्रमिक रुपमा घट्दो क्रममा रहेको छ । गत आर्थिक वर्षमा साधारण सेवाबाट १७ हजार आठ सय ७६ जना र द्रूत सेवाबाट पाँच हजार दुई सय ५६ जना गरी २३ हजार एक सय ३२ जनाले राहदानी लिएका थिए । तर चालू आर्थिक वर्षको पुस मसान्तसम्म साधारण सेवाबाट सात हजार दुई सय ७७ र द्रूत सेवाबाट एक हजार तीन सय १४ गरी आठ हजार पाँच सय ९१ जनाले राहदानी लिएका छन् ।

गत वर्षको यही अवधिमा ११ हजारले राहदानी लिएका जिल्ला प्रशासन कार्यालय चितवनका राहदानी फाँटका नायब सुब्बा कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

यो तथ्याङ्कलाई आधार मान्दा चालू आर्थिक वर्षमा बिगतको भन्दा पाँच हजारले राहदानी लिनेको संख्यामा कमी आउने सम्भावना छ । कार्यालयको तथ्याङ्क हेर्दा आर्थिक वर्ष ०७१/७२ मा अधिक मानिसहरुले राहदानी लिएको देखिन्छ ।

चितवनका युवाहरु स्वदेशमै आत्मनिर्भर बन्न थालेपछि विदेशमोह घटेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment