Comments Add Comment

रोजले यसरी बढाए वर्षामा जोश (भिडियो कुराकानी)


निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोई’ को निर्देशन गरिरहेका छन् । बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने भनिए पनि विभिन्न समस्याका कारण रोज निर्देशनमा आफै अघि सरेका हुन् । विवेकले चलचित्रको छायांकन करिब १५ दिन पनि गरिसकेका थिए । तर, उनी एकाएक चलचित्र छाडेर भारत हिडेपछि रोज आफै ‘मेरो पैसा खोई’ नाम राखेरै नयाँ कथाको निर्देशन गर्न तम्सिएका हुन् ।

यो चलचित्रमा उनले नायिका वर्षा राउतलाई मुख्य भूमिकामा काम गराइरहेका छन् । वर्षा स्टार भएकै कारण आफूले लिएको र मागे जति पारिश्रमिक दिएको उनको भनाइ छ । रोजका अनुसार, वर्षामा कामप्रतिको लगाव र मिहिनेत छ ।

बर्षा र रोजसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


बलिउड निर्देशकसँग काम गर्दा आफूले धेरै कुरा सिकेको वर्षाको भनाइ छ । तर, विवेकले नेपालमा आएर बलिउड स्टाइलको ट्रिटमन्ट खोजेपछि समस्या आएको उनले बताइन् । एउटा कथामा १५ दिन काम गरेपछि फेरि नयाँ कथामा काम गर्दा पनि जोश नमरेको उनको भनाइ छ । रोजले हाँस्दै भने-‘जोशले भरिएको निर्देशक आएपछि नायिकामा पनि जोश नआउने कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment