Comments Add Comment

‘हुन्डाई फेस्टिभ डिलाइट’को विजेता घोषित, कसले जिते आई-२० र क्रेटा ?

१९ फागुन, काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुको घोषणा गरेको छ ।

अफरअन्तर्गत क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज नयाँ बजार काठमाडौंले हुन्डाई इलाइट आई-२० प्राप्त गरेको छ । यस्तै धरानका नेत्रबहादुर खड्काले धरान ले हुन्डाई क्रेटा प्राप्त गरे ।

अफर अन्तरगत नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक-एक तोला सुन र बम्परमा दुई जना भाग्यशाली विजेताहरुले एक-एक थान­­­­ गाडी पनि पाएका छन् ।

विजेताको घोषणा हिमालयन टिभीमा लाइभ लक्की ड्रमार्फत गरिएको हो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल र मिस नेपाल अस्मी श्रेष्ठ थिए ।

सो अफरका १०० जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment