Comments Add Comment

चैत २६ मा भूकम्पपीडितलाई १५ सय ट्याक्सी वितरण गरिँदै


२१ फागुन, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले चैत २६ गते १५ सय थान ट्याक्सी पाउने भएका छन् ।

ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सी दिइनेछ । यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताए । टिभी टुडेमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।

आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका हुन् ।

अहिले भुकम्पप्रभावित जिल्लाका प्रशासन कायमर्ललयहरुमा आवेदककको नमा पठाएर विवरण सच्याउन चहानेलाई अवसर दिइएको छ । कुनै विवरण आवेदनका क्रममा कुनै गल्ति भएको भए सच्याउन पाइने प्रवक्ता पाण्डेले बताए ।

विभागले फागुन २४ गते सम्म पीडितको नामावली त्रृटी वा विवरण फरक परेमा सञ्चाउन सकिने छ । विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियतथ वा अनुदान नदिइने जनाएको छ ।

सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । भुकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।

अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment