Comments Add Comment

बजाजले सुरु गर्‍यो रात्रीकालीन मोटरसाइकल सर्भिस सुविधा

२२ फागुन, काठमाडौं । हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले आफ्नो बजाज सर्भिस सेन्टर ललितपुरको कुपन्डोलमार्फत बजाज मोटरसाइकल चलाउने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै रात्रीकालीन मोटरसाइकल सर्भिस सेवाको सुरुवात गरेको छ ।

दिनभर अफिस, ब्यापार ब्यवसाय, सेवाआदिमा ब्यस्त भएर आफ्नो मोटरसाइकल सर्भिस गर्न समय नमिल्ने र दिनभरलाई सर्भिस सेन्टरमा राख्दा हरेक कुराहरुमा प्रत्यक्ष प्रभाव पर्ने समस्यालाई मध्यनजर राख्दै अब रातमा पनि सर्भिसिङ सेवा दिने उद्देश्य अनुरुप सेवा प्रारम्भ गरेको हो ।

यसरी रातको समयमा सर्भिस सेवा प्रदान गर्नुको मूल उद्देश्य नै आफ्नो दैनिक क्रियाकलापमा कुनै प्रभावनपारी अमूल्य समयको बचत गर्ने र आˆना सेवाग्राहीलाई बजाजप्रतिविश्वास दिलाउनु रहेको कम्पनीले जनाएको छ ।

बजाज सर्भिस सेन्टरमा रहेका दक्ष कर्मचारीहरुले सर्भिसको लागि छाडेर गएका मोटरसाइकल सर्भिस गरी समयभित्र उपलब्ध गराउने छन् ।

सर्भिस सेवा लिनको लागि आफ्नो मोटरसाइकल साँझ ५ बजे देखि ७ बजेसम्म बजाजको गुसिङ्गाल, कुपन्डोलस्थित सर्भिस सेन्टरमा पुर्‍याउनुपर्ने छ । मोटरसाइकल लिन आउने समय राति १० बजे सम्म वा भोलिपल्ट बिहान ९ः३० बजे देखि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment