बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

स्थलगत रिपोर्टः राजविराजमा गोली चल्दा केपी ओली स्तब्ध

काँकडभिट्टदेखिको 'क्याराभान' राजविराज पुगेर यसरी बिथोलियो

मात्रिका पौडेल

२४ फागुन (कञ्चनपुर, सप्तरी) ।  पूर्वक्षेत्रका सुरक्षा प्रमुखहरुले एमालेको मेची महाकाली अभियान सुनसरीबाट सप्तरीतर्फ अघि बढ्ने पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताहरुलाई राजविराजको अवस्थाबारे ‘ब्रिफिङ’ गरे । फागुन २२ गते साँझ सुरक्षा अधिकारीहरुको रिपोर्ट सुनेपछि एमालेले राजविराज प्रवेशको रुट र कार्यक्रमस्थल परिवर्तन गर्‍यो ।

इटहरीको गोर्खा डिमार्टमेन्ट सेन्टरको छैठौं तल्लामा बसेको स्थायी कमिटी बैठकले हनुमाननगरबाट राजविराज प्रवेश गर्दा जनधनको क्षति हुने निष्कर्ष निकाल्दै एमाले बाहुल्य रहेको रुपनगर क्षेत्रबाट आमसभास्थलमा पुग्ने सुरक्षित अवतरणको बाटो रोज्यो । फागुन २३ गते विहान पनि सुरक्षा अधिकारीहरुले एमालेका नेताहरुलाई राजविराज आसपासको अवस्थाको जानकारी दिइरहेकै थिए ।

गोली चल्दा ओली स्तब्ध

जे नहोस् भनेर एमाले नेताहरुले अभियानको रुट र सभास्थल परिवर्तन गर्नेदेखि हदैसम्मको संयम अपनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए, आखिर त्यही चाहिँ भयो ।

एमाले सचिव योगेश भट्टराई आफैं उभिएर कार्यकर्तालाई चुपचाप आ-आफ्नो सवारी साधनमा बस्न निर्देशन दिइरहेका थिए । प्रहरीले नियन्त्रण गर्न सकिने संख्यामै मोर्चाका प्रदर्शनकारी थिए ।

सबैतिर छरिएका प्रदर्शनकारीहरुको टाउको गन्ने हो भने पनि एक हजार भन्दा बढी थिएनन् । जबकि एमालेका सभाका सहभागी र अभियानका टोलीका मान्छेहरु समेत गन्दा करीव १० हजारको हाराहारीमा थिए ।

एमाले नेताहरुले राजविराजमा शक्ति प्रदर्शन गरियो भन्दै प्रतिष्ठाको जित भएको महशुस गरिरहेकै बेला गोली चलेपछि अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु स्तब्ध देखिन्थे । उनीहरुले ढुंगा हान्ने मोर्चा कार्यकर्तामाथि जाई नलाग्न कार्यकर्तालाई कडा नियन्त्रणमा राखेका थिए । बरु इनरुवामा मोर्चाको कालोझण्डा खोसेर लखेट्ने काम भएको थियो । तर, राजविराजमा सबै कार्यकर्ता नियन्त्रणमै थिए ।

प्रचण्ड ओली वार्ताः षडयन्त्रको अभास

अन्ततः जसरी पनि राजविराजमा मान्छे मारेर परिस्थिति भड्काउने योजना सफल भएको भन्दै एमाले नेताहरु रुपनगरमा पुगेर समिक्षा गर्न बाध्य भए । यसबीचमा ओलीले प्रधानमन्त्री प्रचण्ड र सुरक्षा अधिकारीहरु सबैसँग कुरा गरेपछि ‘ठूलै षडयन्त्रको आभास’ पाइएको बि्रफिङ बैठकमा गरे । प्रचण्डले ओलीलाई बाँकी कार्यक्रम स्थगित गरेर काठमाडौं आइदिन विनम्र आग्रह नै गरे ।

सरकारी संयन्त्रसँगको कुराकानीमा सोमवार राजविराजमा अझ ठूलो संख्यामा मान्छे मार्ने योजना बनाइएको, तर एमालेको संयमले कम क्षति भएको ठहर गरेपछि सिराहा, जनकपुरलगायत २ नम्बर प्रदेशका निर्धारित कार्यक्रम स्थगन गर्ने निचोडमा एमाले नेताहरु पुगे ।

त्यसपछि ओलीसहित प्रमुख नेताहरुलाई रातारात प्रहरीले इटहरी र विराटनगर पुर्‍यायो । अभियानका अन्य सहभागीहरु विभिन्न रुट हुँदै बर्दिबास, गाईघाट वा पूर्वतिर लागे ।

राजविराजका होटल रहस्यमय बुकिङ

राजविराजका प्रायः होटलहरु रहस्यमय रुपमा २२ गते नै बुक भएपछि प्रहरीले त्यसको अनुसन्धान गर्‍यो । गाउँ गाउँबाट र अन्यत्र जिल्लाबाट आएका मोर्चा कार्यकर्ताहरुले होटल बुक गरेको थाहा पाएपछि एमालेको भन्दा ठूलो मास मोर्चाको हुने अनुमान लगाइयो । राजविराजका अधिकांश होटलमा अपरिचित व्यक्तिहरु बसेका थिए भने केही होटल एमालेका कार्यकर्ताले बुक गरेका थिए ।

अपरान्ह एमालेको अभियान इनरुवाबाट अघि बढ्दा प्रहरीले एमाले नेताहरुलाई थप सूचना दिए-मोर्चाका कार्यकर्ताहरु ५/७ सयको संख्यामा छन् । तपाईहरुको मास जतिसक्दो ठूलो बनाउनुस, उनीहरु आफैं पाखा लाग्छन् ।

प्रदर्शनकारीहरुको संख्या कम भएकाले राजविराजमा कुनै अप्रिय घटना नहुने अनुमान सबैको थियो । सामान्य कालोझण्डा र नाराबाजीलाई एमालेका नेताहरुले पनि गाडीबाटै हेरेर सामान्यरुपमै लिएका थिए ।

राजमार्गका कालो र सेतो झण्डा बराबर

आफ्नो शक्ति देखाउन एमाले सप्तरीले कञ्चनपुर, फत्तेपुर, रुपनी, महुली लगायतका गाउँ गाउँबाट बसमा समर्थक र कार्यकर्ता ओसारेर राजमार्गमा जम्मा गरे ।
स्थानीय कार्यकर्ता र शुभेच्छुकसहितको केन्द्रीय टोली अघि बढ्दा दश/बीस जनाको संख्यामा उभिएर कालो झण्डा देखाउने बाहेक सडकमा कुनै अवरोध थिएन । राजमार्गमा कालोझण्डा देखाउनेहरुको संख्या कहिँ पनि २०/३० जना भन्दा बढी थिएन ।

एमालेको अभियान सुनसरी कटेर कोशी ब्यारेजबाट सप्तरीतर्फ अघि बढ्दा सबैभन्दा ठूलो बिरोध प्रदर्शन भारदहमा देखियो । जहाँ बढीमा एक सयजनाको संख्यामा प्रदर्शनकारीहरुले कालोझण्डा देखाएर एमाले र केपी ओलीविरुद्ध नाराबाजी गरिरहेका थिए ।

राजमार्गमा एमालेका अभियानको स्वागतमा सूर्य चिन्ह अंकित सेतो झण्डा र बिरोधमा कालो झण्डासहित उभिनेहरुको संख्या लगभग उस्तै उस्तै थियो । कतिपय ठाउँमा स्वागत र बिरोध गर्नेहरु मिलेरै आ-आफ्नो कर्तव्य पूरा गरिरहेका देखिन्थे ।

राजविराजको सभाःएमाले नेताको उत्साह

एमालेको अभियान राजविराज नजिक गजेन्द्रनारायण सिंह औद्योगिक केन्द्रमा प्रवेश गरुञ्जेल पनि परिस्थिति सामान्य नै थियो । मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले चार पाँच सय मिटर परै गहुँ खेततिर रोकेर राखेको थियो । अभियानका क्रममा झापा, मोरङ र सुनसरीका सभाहरु भन्दा राजविराजको सभा निकै व्यवस्थित र मास पनि उल्लेख्य थियो ।

तीन दिनका क्रमममा भएका सभामध्ये विराटचोकको भन्दा पनि ठूलो मास राजविराजमा देखिएपछि एमाले नेताहरु पनि उत्साहित देखिएका थिए । अन्यत्रका सभाहरु सडकमा भएका थिए, सप्तरीको सभा ठूलो मैदानमा भएको थियो र मान्छेहरुले बसेरै भाषण सुनेका थिए । एमालेले जितेको सप्तरी क्षेत्र नम्बर ४ लगायत आसपासका क्षेत्रबाट मधेसी समुदाय पनि उल्लेख्य संख्यामा एमालेको सभामा पुगेका थिए ।

एमालेभित्रका मधेसीको आक्रोस

एमाले नेताहरुले मैथिलीमै भाषण गरेर आफूहरु मधेस बिरोधी होइनौं भन्ने पुष्टि गर्न खोजे । तर, केन्द्रका एमाले नेता भन्दा जिल्ला तहका मधेसी मूलका एमाले नेताहरु मधेसी मोर्चाप्रति बढी आक्रामक देखिए । मोर्चाको ज्यादती खेप्नु परेकाले पनि उनीहरुमा आक्रोश देखिएको हुन सक्छ । उता विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका नेताहरुले पनि केपी ओली र एमालेविरुद्ध नाराबाजी गरेर उस्तै आक्रोश पोखिरहेका थिए ।

करीब एक घण्टाको सभा सकिँदासम्म गाउँ गाउँबाट जुलुससहित आएका समर्थक र कार्यकर्ताहरु सभास्थलभित्र प्रवेश गरिरहेका थिए । कतिपय ठाउँमा मोर्चाका कार्यकर्ताले एमालेको अभियानमा आउन अवरोध गरेको र कुटपिट समेत गरेको भन्दै एमाले जिल्ला सचिव शम्भु यादवले मञ्चबाटै आपत्ति जनाए ।
राजविराज जाने सडकमा तनाव जारी रहेकाले एमाले नेताहरु जतिसक्दो चाँडो कार्यक्रम सकेर कञ्चनपुर जान चाहान्थे ।

गाडी तोडफोडः मोटरसाइकलमा आगजनी

यसबीचमा केही प्रदर्शनकारीले औद्योगिक क्षेत्र बाहिर सडकमा लहरै रोकिएका करीव दुई दर्जन सवारी साधनमा तोडफोड गरे । एउटा मोटरसाइकल दनदनी बलिरहेको थियो । जब एमालेको सभा शान्तिपूर्ण रुपमा सकिएर अभियान टोली फर्किन लाग्यो, तब रहस्यमय रुपमा परिस्थिति भड्काइयो ।

पार्किङ गरिएका गाडीहरु फुटाइए । सभास्थलभित्र रहेका एमाले कार्यकर्ता बाहिर आउन खोज्दा प्रहरीले र एमालेकै नेताहरुले रोकेर परिस्थिति बिगि्रन नदिने प्रयास गरेको देखिन्थ्यो । तर, परिस्थिति यसरी भड्काइयो कि एकाएक आगजनी र पेट्रोल बम प्रहार भयो । एमालेका नेताहरु औद्योगिक क्षेत्रको मैदानबाट बाहिर निस्कनै लाग्दा बाहिर सडकमा चार/पाँचपटक गोली चलेको आवाज आयो ।

अश्रुग्याँस र हवाइ फायर गरेको अनुमान त्यतिबेला गलत सावित भयो, जतिबेला सडकमा प्रदर्शनकारीको मृत्यु भइसकेको थियो । करीव डेढ हजारको संख्यामा परिचालित सुरक्षाकर्मीले सहजरुपमै एमालेको अभियान टोलीलाई राजमार्गसम्म लैजान सक्ने अवस्था हुँदाहुँदै गोली किन चल्यो ? एमालेका नेताहरु नै अचम्मित भए ।

गोली किन चल्यो ? रहस्यमय

ओली र प्रचण्डबीच ठूलै षडयन्त्रको आभासको कुरा किन भयो ? आखिर कार्यक्रम सकिएर एमाले टोली फर्किएपछि किन गोली चल्यो ? यसका पछाडि गम्भीर राजनीतिक अन्तर्य लुकेको एमाले नेताहरुले गरे । अर्को गौर हत्याकाण्ड मच्चाउने षडयन्त्र भइरहेको बुझेपछि एमालेले २ नम्बर प्रदेशका अरु कार्यक्रम तीन दिनलाई स्थगन गरेको एमालेका एकजना पदाधिकारीले बताए ।

राजविराज घटनापछि बिभिन्न कित्ताका बुद्धिजीवी विश्लेषकहरुले आ- आफ्नै ढंगले बुद्धिविलास गर्ने मौका पाएका छन् । तर, काँकडभिट्टदेखि राजविराजसम्मका सबै घटनाक्रमको एक प्रत्यक्षदर्शीको आँखाबाट हेर्दा के देखियो भने-एमालेको अभियानलाई राजविराजदेखि जनकपुरसम्म पुग्दा ठूलो ‘सेबोटेज’ गर्ने र २ नम्बर प्रदेशमा चुनाव हुन सक्दैन भन्ने कुरा सिद्ध गर्ने प्रयत्न थियो, यसमा मोर्चा मोहरा मात्रै बनेको हो ।

मात्रिका पौडेल

प्रदर्शनकारीहरु कुनै दल विशेषका थिएनन् । प्रायः १५/१६ वर्षका किशोर थिए । प्रदर्शनलाई हिंसात्मक बनाउन गृहमन्त्री बिमलेन्द्र निधीकै पार्टीका कार्यकर्ता पनि सहभागी रहेको स्थानीय पत्रकारले देखे ।

राजविराजको सभालाई एमाले र एमाले बिरोधी दुवै पक्षले प्रतिष्ठाको विषय बनाए । आफ्नो कारणले हिंसा नहोस भनेर एमाले एक कदम पछि हट्यो । तर, बिरोधी पक्ष झनै आक्रामक बन्दा यस्तो घटना भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

रक्तपातको योजना कसले थाहा पायो ?

कुनै न कुनै रुपमा परिस्थितिलाई भड्काएर रक्तपात मच्चाउने योजना यसअघि नै बनिसकेको थियो । यसको आभास प्रधानमन्त्री प्रचण्डले पाइसकेका रहेछन् । सायद गृहमन्त्रीले झनै राम्रोसँग बुझेका थिए । तर, एमाले नेतृत्वले यो अभास किन घटना भएपछि मात्र पायो ? कि यस्तो हुन्छ भन्दाभन्दै पनि राजविराजको सभालाई आफ्नो प्रतिष्ठा बनायो ? यसको जवाफ आउन जरुरी छ ।

राजविराज घटना नियोजित थियो भन्नेमा कुनै विमति छैन । तर, यसको आभास ढिलो पाउनु एमाले नेतृत्वको कमजोरी हो । मधेसी मोर्चालाई कुनै पनि निहुँ नदिने एमालेको योजना २ नम्बर प्रदेश प्रवेश गरेको पहिलो दिनमै असफल हुनुमा गृहमन्त्रीको पनि अप्रत्यक्ष योगदान रहेको आशंका सत्तारुढ गठबन्धनभित्रै पनि भइसकेको छ । यो घटनामा कसको के कमजोरी रहृयो ? सरकारले निष्पक्ष छानविन गरेर यथार्थ सार्वजनिक गर्नुपर्छ ।

एमाले राजविराज जानु हुँदैन थियो, एमाले मधेस पसेकै कारण यस्तो घटना भयो भन्ने तर्क गर्ने हो भने नेपालमा राजनीतिक दलका पसलहरु बन्द गरे हुन्छ । कुनै एउटा राजनीतिक पार्टी आफ्ना धारणा लिएर देशको कुनै निश्चित भूभागमा जानुहुँदैन भन्ने हो भने यो मुलुकमा लोकतन्त्र नै चाहिँदैन भने हुन्छ ।

मोर्चाको आवरणमा निषेधको राजनीति

यदि एमालेलाई मधेस विरोधी भनेर उसको कार्यक्रमको बिरोधमात्र गर्ने उद्देश्य थियो भने, मोर्चा त्यसमा सफल भइसकेको थियो । इनरुवादेखि नै बिभिन्न ठाउँमा सांकेतिक रुपमा मोर्चा कार्यकर्ताले कालोझण्डा सहित विरोध गरेकै थिए । एमाले नेताहरुले ती सबै बिरोध प्रदर्शन आफ्नै आँखाले देखका थिए र कानले सुनेका थिए । ओली विरुद्ध व्यक्तिगत नारा उनी आफैंले सुनेर मुस्कुराएकै थिए ।

लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई कार्यक्रम गर्नै नदिने, निश्चित भूभागमा छिर्नै नदिने चरित्रले भोलि यो देशका कुनै पनि भूभागमा कुनै न कुनै पार्टीलाई अर्को पार्टीले छेक्न सक्छ । यो संस्कार बसाउन खोज्नु दुर्भाग्यपूर्ण हो ।

सप्तरीमा एमालेले पनि चुनाव जितेको छ, जबकि मोर्चाले सबै क्षेत्रमा हारेको छ । त्यहाँ एमालेलाई कार्यक्रम नै गर्न दिन्नौं भन्नु निषेधको राजनीति हो ।
हिजो एमालेलाई राजविराज पस्न नदिन हिंसात्मक घटना गराउनेहरुले भोलि कांग्रेस र माओवादीलाई पनि बाँकी राख्दैनन् । त्यस्तै मधेसी मोर्चा आवद्ध दलहरुलाई पनि अर्को ठाउँमा त्यस्तै अवरोध हुन सक्छ । यो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुँदैन, जुन प्रवृत्ति मोर्चाको आवरणमा राजविराज लगायत २ नम्बर प्रदेशमा देखाउन खोजियो ।

एमाले र मोर्चा को दोषी ?

आज कुनै एक दलमाथि भएको व्यवहारमा ताली बजाउनेहरुले भोलि आफैंमाथि पर्दा साहानुभूति दिने कोही पनि नपाउन सक्छन् । एमालेले यो अवस्थामा राजविराजमा प्रतिष्ठाको सवाल बनाएर सभा गर्नु हुन्थ्यो कि हुन्नथ्यो ? यो प्रश्न गर्न सकिन्छ । तर, एक डेढ महिनाअघि नै निर्धारित एउटा पार्टीको कार्यक्रम बिथोल्न अर्को पक्षले दुई दिनअघि हड्ताल आह्वान गरेर परिस्थितिलाई तनावपूर्ण बनाउनु लोकतान्त्रिक चरित्र होइन ।

एमालेले कार्यक्रम गरेपछि त्यही ठाउँमा त्योभन्दा ठूलो मास जम्मा गरेर उनीहरुले एमालेको भण्डाफोर गर्न सक्थे । एमाले मधेस विरोधी हो भनेर उनीहरुले राजमार्गमा कालोझण्डा देखाएकै थिए । लोकतन्त्रमा बिरोधको जुन स्वरुप छ, त्यो अवसर पाउँदा पाउँदै कार्यक्रम सकिएपछि तोडफोड, आगजनी र पेट्रोल बम प्रहार गर्नुले आन्दोलनकारीको उद्देश्य एमालेको बिरोध गर्नुमात्रै थिएन भन्ने देखाएको छ ।

द्वन्द्व व्यवसायीको शहीद खेती

निषेधको राजनीति गर्न उकास्नेहरुबाट जिम्मेवार दल र नेताहरु सचेत हुनैपर्छ । राजविराज घटना एमालेको हठ भन्दा बढी मधेसी मोर्चाको आवरणमा मधेसमा अशान्ति मच्चाएर द्वन्द्व व्यवसाय चलाउन खोज्नेहरुको नियोजित षडयन्त्रको परिणाम हो । शहीद जति जनताको घरमा भित्रिउन्, शाहदातको मूल्य आफूले असुल्न पाउँ भन्ने मान्यता बोक्ने द्वन्द्व व्यवसायीहरुले मधेसलाई अझै आफ्नो जिम्दारी बनाउँदैछन् ।

आज एमाले र मोर्चा आम्ने साम्ने भए पनि यसको अन्तर्य अरु नै छ, जुन कुरा प्रचण्डले बुझेर ओलीलाई बुझाए । तर, बुझीबुझी गोली चलाउन आदेश दिनेको नियत सफा नभएसम्म, मधेसमा चुनावको वातावरण बन्ने छैन र २ नम्बर प्रदेश बाँदरको घाउ जस्तै हुनेछ ।

किनकि पछिल्ला बिरोध र प्रदर्शनहरु मोर्चाका नाममा भए पनि त्यसको नेपथ्यमा अरु नै छन् । जुन कुरा बुझेर पनि मोर्चाका नेताहरुलाई ‘नखाउँ भने दिनभरिको शिकार’ जस्तै भएको छ ।

२०७३ फागुन २४ गते ११:०९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३६ प्रतिकृयाहरू प्राप्त
  • गाेकुल बाबु लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते ११:४८

    लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई कार्यक्रम गर्नै नदिने, निश्चित भूभागमा छिर्नै नदिने चरित्रले भोलि यो देशका कुनै पनि भूभागमा कुनै न कुनै पार्टीलाई अर्को पार्टीले छेक्न सक्छ । यो संस्कार बसाउन खोज्नु दुर्भाग्यपूर्ण हो ।

    224
    10
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते ११:५५

    Yo sabai Kopi Aalu ko plan anusar ho!

    46
    183
    Share

  • Ajaya Pradhan लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते ११:५९

    यो सम्भाभित घटना नै थियो ,, एक तर्फी आफ्नो डंका फुक्दै क्याराभान र के के भन्दै कुर्लिने .. अर्को तर्फी कुनै पनि हालतमा बिथोल्ने .. अनि ,, जो कोहिले पनि सहजै अनुमान लाउन सक्छ कि मुडभेड हुनेछ भनेर.. अनि अहिले स्तब्ध र अन्य जे सुकै भने पनि एमाले कम दोषी छैन हिजोको घटनामा |

    65
    194
    Share

  • pradeep लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:१५

    द्वन्द्व व्यवसायीको शहीद खेती

    मात्रिका जि राम्राे लेख काे लागि धन्यबाद।

    157
    12
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:३२

    नाकाबन्दी पारीबाट लाग्यो,

    जिम्मेवारी वारीकाले लिए,

    अहिले वारिकाहरु,

    एमालेको सभा बिथोल्न चाहन्थे,

    त्यसको जिम्मा(मान्छे मारेर सभा बिथोल्ने)पारिकाले लिए l

    यो वारीपारीको गठबन्धन यस्तै रह्यो भने,

    नेपालीले कहिल्यै शान्ति पाउने छैनन् l

    121
    4
    Share

  • Mahendra Lawoti लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:३८

    Was not Matrika Paudyal press the advisor of then PM Oli. If so, onlinekhabar should clearly state that so that the readers know how his position and perspective, especially when he writes about his former boss. Otherwise, Onlinekhabar will be participating in an act of deliberate attempt to mislead people. Of course he has the right to write but he must be transparent about his position and not present a false pretense of being “objective.”

    38
    53
    Share

  • RAMCHANDRE BRO लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:४०

    मधेशी मोर्चा को कारण ले नै यो रक्त्पात भएको हो
    मधेस मा कांग्रेस , माओवादी यमाले तथा सबै दल छन
    मधेस नेपाल को हो र् मधेशी नेपाली हुन त्यो कुरा मधेशी जनता लाई दु:ख दिन को लागि गठन भयको मोर्चा ले
    थापाउने कुरा हो । एदी यमाले लाई राजबिराज र् मधेस मा छिर्न न् दिने हो भने मोर्चा आगामी
    चुनाव मा धुलो जस्तै बढारिन्छन । देस मा रक्त्पात माछाउने बिमलेन्ध्र निधी जस्तो गुण्डा लाई अब बर्खस्त गर्नु पर्छ
    अब राजेन्द्र महतो , उपेन्द्र यादब , महन्थ ठाकुर , रज्किश्वोर यादब लगायत सबैलाई मधेशी
    जनता ले भोट् माग्न आउँदा हुन्छ भन्नुस् तर चुनाव मा जिरो बनाउनुस् अनी आँफै देस को क्यान्सर निको हुन्छ

    मधेशी जनता जिन्दाबाद तर मधेशी दलाल मुर्दाबाद

    120
    11
    Share

  • wridam लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:४३

    totally satisfied … nice one

    25
    12
    Share

  • UML KO KAAL लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:४४

    अव निश्चित रुप मा मधेष मा छुट्टै सिमारेखा कोरिदैछ त्यो हो नेपाल मधेस हैन भन्ने
    यस्तै प्रम्मुख द्ल को हर्कत ले मधेस तुक्रने सम्भावना लाई बदवा दिएर गको छ्
    खोक्रो तिमीहरुको रास्त्रवद ले मधेश लाई सधै वल्त्कर गर्दै आएरहेको छौ अव कुनै पनि हलत मा आफ्नो अधिकार को लागि काठमन्दौ सँग वर्त गर्न को तुक छैन वरु अत्यधुनिक हातीयार सहित मधेस्को निम्ती लद्न तयार छौ त्यो चाहे काठमन्दौ को मुटुम आत्मा घाती विस्फोत नै किन नहोस ।
    ……..
    ……..
    ……..
    …….भन्ने दीन नाऔंला भन्न्न सकिन्न
    वेलाईमा बुद्दी पलाओस सृशा नेता भनउदाहरुको
    हो निषेद्को राजनीति गर्नु हुन्न तर सुरुवात त कस्ले गरेउ इतिहस को पाना पल्ताउद भेतीनछ । ।

    14
    61
    Share

  • Bhisma Raj Sharma लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:५०

    एमाले राजविराज जानु हुँदैन थियो, एमाले मधेस पसेकै कारण यस्तो घटना भयो भन्ने तर्क गर्ने हो भने नेपालमा राजनीतिक दलका पसलहरु बन्द गरे हुन्छ । कुनै एउटा राजनीतिक पार्टी आफ्ना धारणा लिएर देशको कुनै निश्चित भूभागमा जानुहँुदैन भन्ने हो भने यो मुलुकमा लोकतन्त्र नै चाहिँदैन भने हुन्छ ।

    Well said.

    94
    13
    Share

  • gss लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १२:५६

    सम्पादक ज्यु घटनाको दोष जती अरुलाई लगाएर एमालेलाई चोखो दुधले चोख्याउने काम नगर्नुस् । भीड कम थियो भने अन्य उपायबाट पनि नियन्त्रणमा लिन सकिन्थ्यो होला । जे होस् नहुने घटना घट्यो । कसेैलाई चोख्याउने भन्दा सत्य तथ्य बाहिर ल्याउने तर्फ जोड दिनु पर्‍यो ।

    31
    80
    Share

  • dipesh लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १३:०८

    sabai prachanda ra madesi morcha ko chalkhel ho.
    rajniti karyekram shantipurba garna sabai lai aadhikar xa.

    19
    6
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १३:१३

    यस घटनामा एमालेको मेची महाकाली अभियानको अवरोध देखि भण्डाफोर गर्न उक्साउने पनि गृहमन्त्री बिमलेन्द्र निधी, एमालेको कार्यक्रम सकिइसकेपछि भएको घटनामा गोली चलाउन आदेश दिने पनि निधी, फाष्ट ट्रयाक भारतलाई बनाउन दिनुपर्छ भन्ने पनि निधी, हुलाकी सडक बनाउन भारतलाई जिम्मा दिनुपर्छ भन्ने पनि निधी । यो निधी भन्ने जिनिस नेपालको अमुल्य निधि होकी, देउवाको निधि हो की वा नेपालमा अशान्ति अस्थिरता मच्चाउन भारतबाट खटाइएको अमुल्य अश्त्र निधि हो ? बुझ्नै कठिन भो ।

    67
    7
    Share

  • MADHAV लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १३:२२

    स्थिती सबैलाई थाहा थियो तनाव हुन्छ भनेर , “आ बहेल मुझे मार्” गर्न गए पछी यस्तै हुन्छ ।

    23
    2
    Share

  • Rb Pradhan लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १३:२८

    देशको राजनीति र एमाले नेताहरुको व्यवहारले १५ दिनको कार्यक्रम भित्र कुनै न कुनै एक ठाँउमा राजविराजको जस्तो घटना घट्न सक्ने आकलन साधारण चेटनशील मानीसले समेत लगाई राखेकै थियो । त्यस्को परिस्थिति लाई शुछ्म विश्लेषणनै नगरि महत्वाकांक्षी भएर मदेशी केहि होईन भन्ने तुच्छ , मै हूँ भन्ने हेपाहा नीति लिएर गरेको कार्यक्रममा अरु के उपलव्धि होला ? त्यस्तो घटना घटाउन मदेशी लाई मात्र के को रहर होला ? त्यस्तो घटना घटाउन सकिएलाकी भनेर मौका पर्खि वसेका असंख्य देशी विदेशी विघटनकारीहरू लाई सुवर्ण मौक़ा उपलव्ध गराउने एमालेका नेताहरूनै घटनाको लागी संपूर्ण ज़िम्मेवार हुनू पर्छ । त्यस् मध्य पनि छुद्र वचन वोल्ने सभापतिको हैसियतले केपी ओलीले लिनु पर्छ । अव, अरू १२/२७ कुरा गर्नु भन्दा, आफै गंभीर भएर सोच्नु ज़रूरी छ ।

    18
    42
    Share

  • Lava Pyakurel लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १३:४०

    कुरा प्रचण्डले बुझेर ओलीलाई बुझाए ?

    प्रचण्डले कुरा बुझाएकाे(?) विषय लेखकले किन लुकाए? वा प्रचण्डलार्इ बचाउन खेाजे? दाेषजति काँग्रेस, माेर्चा र एमालेलार्इ दिएर के कार्यकारी प्रधानमन्त्री उम्कनसक्छन्? सरकारका प्रमुखभएका कारण यस घटनाकाे सम्पूर्ण जिम्मेवारी प्रमले लिनुपर्छ ।

    20
    9
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १३:४९

    यस घटनामा एमालेको मेची महाकाली अभियानको अवरोध देखि भण्डाफोर गर्न उक्साउने पनि गृहमन्त्री बिमलेन्द्र निधी, एमालेको कार्यक्रम सकिइसकेपछि भएको घटनामा गोली चलाउन आदेश दिने पनि निधी, फाष्ट ट्रयाक भारतलाई बनाउन दिनुपर्छ भन्ने पनि निधी, हुलाकी सडक बनाउन भारतलाई जिम्मा दिनुपर्छ भन्ने पनि निधी । यो निधी भन्ने जिनिस नेपालको अमुल्य निधि होकी, देउवाको निधि हो की वा नेपालमा अशान्ति अस्थिरता मच्चाउन भारतबाट खटाइएको अमुल्य अश्त्र निधि हो ? बुझ्नै कठिन भो

    37
    6
    Share

  • Sunny लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १४:३०

    Aru lai rastraghati bhanne dhongi oli lai karbahi garnu parchh

    8
    20
    Share

  • rabindra mahato लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:०५

    jab k.p.oli prime ministar huda kheri madhesh andolan hudai thiyo. tyati kher waha ko abhi byakti ko karan le madheshi janta lai ramro lagira thiyen . ani k.p. oli lai kin ahile pani ma ago laga un aaunu parth yo madhes ma.k.p. oli aaune biti kai madheshi janta lai jiu ma ago lag x. sarasar k.p. oli ko galti ho . amadhesh ma kunai kismim ko sabha garnu narmro ho. kin vane aemale party lai kehi gare xain . khali k.p. oli ko lagi madheshi janta lai rish lag x . k.p oli ko nam sunne biti kai

    8
    11
    Share

  • Jay Madhesh लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:२०

    कैलालीको धनगढीमा थारुको सभा एमालेले बिथोल्दा प्रहरी मुख दर्शक थिए । इटहरीमा मधेशी मोर्चाको मञ्च जलाइदा प्रहरी मुख दर्शक थिए । नवलपुरमा एमालेले हस्तक्षेप गरी मोर्चाको कार्यक्रम विथोले र राधिका देवी साहको हत्या गरे । एकल जातीय संगठन नेपाल प्रहरी र शसस्त्र प्रहरीले अहिले एमालेको कार्यक्रमको मञ्च निर्माण गर्दैछ र नेताहरुको स्वागत गर्दैछ ।

    9
    16
    Share

  • deben kishor anjan लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:२६

    मधेश छिर्न नदिने के मधेश आफ्नो बाउको प्यावा संम्झन्छन फोरमहरुले राजनितिक मा जहाँ गएर पनि गर्न सकिन्छ फेरि किन यस्तो कार्य गर्छन मधेशमा मुल बासिहरुले हैन तिनै अंकिकृत नागरिक दिनुनै ठूलो ठूलो गल्ती गर्यो तिनै हुन उफृने अनि मर्ने सर्वसाधर्ण हुन्छ उनिहरु त कहाँ हुन र

    14
    2
    Share

  • शत्रुभाइ लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:२८

    प्रजातन्त्र नरहे राजा रहन्नन राजा नरहे देश रहन्न भन्ने वि पि को भनाइ । पहिलो वाक्याङस प्रजातन्त्र नरहदा राजा रहेनन प्रमाणीत भयो अब राजा नरहदा देश नरहने पनी साँचैनै हो कि भन्ने देखीदैछ ।

    7
    2
    Share

  • मेन्याङ्बो बसन्त लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:३१

    यी पुर्व एमाले अध्यक्ष एबम छुद्रे-छुच्छे खोक्रो राष्ट्रवादी नेता केपी ओलिका सल्लाहकार मात्रीका पौड्यालले क्र बुझ्नुपर्च्ग भने इटहरी, सुनसरीमा मोर्चालाई पनि निषेध गरिएको थियो, मञ्च आगजनी र ढुङ्गा-मुडा गरिएको थियो । पहाडे रास्ट्रवाद र साम्प्रदायिक बिचारले इटहरी गुन्जिएको थियो । तरैपनी प्रहरीले प्रदर्शनकारीलाई छोएननपनि । गोलिको कुरा परै जावोस । सो, यो घट्नामा चाहिँ दुर्घन्ध छ, षडयन्त्र छ भने त्यो हो बाहुनवादी सर्बसत्तावादी षडयन्त्रनै हो । बाकि, केपीको साप्रदायिक भावनाले ओत्प्रओत छुद्रे-तितो बोली । चेतना भया !

    8
    18
    Share

  • भरत प्रशाद नेपाल, नक्साल काठमाडौं लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:३६

    यो सब हुनाका कारण दल्का नेताहरु नालायकिपन, भ्रस्ताचारी, बान्दररुपी निकम्मा हाथी छाप चप्पल लाउने नेताहरु तावोर महल थद्याइ हाल्यो सोझो नेपाली जनताहरुलाई कतिसम्मा छल छाम गर्छौ ? एक न एक नेपाली जाग्रुक भ एस्ता भ्रस्थ नेताहरुलाई ठेगाना लगाउन देशमा एस्तो परिस्थिति श्रीजना हुन आउन्छौ भने सोछेको छौ ? नेपाली जनताहरुले कतिसम्मा शाहेर बस्ने बाटो घातो जहातही बीहारैकै छ ब्वाश्वो नेताहरु एअर कोन्दिसन कोठामा बसी सोझो नेपाली जनताहरुलाई धुलो ख्वाइ कतिसम्मा शाहएर बस्ने नेपाली जनताहरु ? सोझो नेपाली जनताहरुलाई झुथ्को खेती गरी सिङो देश हिन्दू राज्य नेपाललाई संघियता र धर्म निर्पेछ्यको प्रादुर्भाब्का कारण ले नै हो !यो सब हुनाका कारण दल्का नेताहरु नालायकिपन, भ्रस्ताचारी, बान्दररुपी निकम्मा हाथी छाप चप्पल लाउने नेताहरु तावोर महल थद्याइ हाल्यो सोझो नेपाली जनताहरुलाई कतिसम्मा छल छाम गर्छौ ? एक न एक नेपाली जाग्रुक भ एस्ता भ्रस्थ नेताहरुलाई ठेगाना लगाउन देशमा एस्तो परिस्थिति श्रीजना हुन आउन्छौ भने सोछेको छौ ? नेपाली जनताहरुले कतिसम्मा शाहेर बस्ने बाटो घातो जहातही बीहारैकै छ ब्वाश्वो नेताहरु एअर कोन्दिसन कोठामा बसी सोझो नेपाली जनताहरुलाई धुलो ख्वाइ कतिसम्मा शाहएर बस्ने नेपाली जनताहरु ? सोझो नेपाली जनताहरुलाई झुथ्को खेती गरी सिङो देश हिन्दू राज्य नेपाललाई संघियता र धर्म निर्पेछ्यको प्रादुर्भाब्का कारण ले नै हो !

    2
    1
    Share

  • bb लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:३९

    यो लेखले एमाले को गुन गान गरेको छ ।

    4
    10
    Share

  • bijay लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:४३

    lekhakji kp oli ko ramro suvchintak 6 jasto lag6.yasto lekhaklai mero sujhab.bastabikta ko barema lekhnus.oliko suvchintak baner hoina

    4
    2
    Share

  • Binod Bhujel लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १५:५०

    भोलि मधेसनै न रहें के को चुनाव.

    5
    1
    Share

  • प्रवीण लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १६:३६

    मनगढ़ंत र यथार्थ भन्दा अत्यंत फरक समीक्षा!

    मधेस र मधेसी जनताको मानसिकता समयमा बुझ्नु जरूरी छ।

    मधेसका जनताहरु मधेसी नेताहरूको नियंत्रणमा केहि पनि गरेको छैन। यो राष्ट्र संचालकहरुको गलत नीति ले उब्जाएको दुष्परिणाम हो। राजनीतिक दलहरु मात्र विगतका अंतिम चुनावमा पाएको जनदेशलाइ आज पनि आफ्नै ठान्नू महाभूल हो। मधेसका जनमानसमा पहाड़े शासकवर्ग प्रति घोर अविश्वास जमि सकेको अवस्था छ। यसलाई संविधानवाट मात्र सम्बोधन गर्न सकिन्छ। बांगो टिंगो कुटिल नीति र बुझाईले यसरी कुनै पनि अभियान चलायेर कहिले पनि गर्न सकिँदैन। व्यवहारमा समान नागरिक अधिकार लागू गर्न परमावश्यक छ।

    हरिः हरः!!

    5
    8
    Share

  • Sanak लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते १७:५५

    Very sad news for all nepali people, govt should investigate fully about this incidences. Otherwise dark days ahead. Save nation , save democracy. Jai Nepal.

    7
    0
    Share

  • mohan limbnu लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते २०:४२

    khai maatrika poudel, emaaleko bafadar patrakar parnu bho, oli g stabdha hunubhoki, feri kuhiyeko aap jharyo bhaner khusi hunubho, hamle kasari jaanne,

    1
    0
    Share

  • कुरीकुरी.कम लेख्नुहुन्छ    |   २०७३ फागुन २४ गते २३:३२

    बिधालय मा मलाइ गणित अफ्ठ्यारो लाग्थियो, त्यो भन्दा २० गुणा बढी अफ्ठ्यारो त यो राजनिती भन्ने बिषय पो रैछ,

    0
    0
    Share

  • Rames लेख्नुहुन्छ    |   २०७३ फागुन २५ गते २:०८

    यी सबै घटनाक्रम बुझ्दै जाँदा अब कि त्यस क्षेत्रमा कथित मधेसी मोर्चा लाई मधेशी मोर्चा मार्फत आफ्नो अभिष्ट पुरा गर्न खोज्ने शक्तिलाई मधेशी सुम्पिन तयार हुनु पर्छ, होईन भने खुलमखुला देश टुक्राउने बिरूद्ध कठोर हुनु पर्छ । कथित मधेसी मोर्चा प्रतिबन्धित गरिनु पर्छ। सुरक्षाको जिम्मा सेनालाई दिई त्यस क्षेत्रमा निश्चित समय सेनाको जिम्मा दिनु पर्छ।

    2
    0
    Share

  • Manju Yadav लेख्नुहुन्छ    |   २०७३ फागुन २५ गते ११:३१

    यो सबै रिपोर्ट पढिसक्दाको निष्कर्ष के निस्कियो भने,आज एमालेको हठले गर्दा सप्तरी घटना भयो भन्ने हो भने भोलिदेखि नेपालमा राजनीतिक दलहरुको पसल बन्द गरे हुन्छ । मधेसी मोर्चाले मान्छे मार्ने वातावरण बनाएको प्रष्ट हुन्छ । आँखो देखाहाला लेखेर सूचित गरेकोमा पत्रकार मात्रिका पौडेललाई धेरै धन्यवाद । तपाईले ग्राउन्ड जिरोबाट जे देख्नुभयो त्यो लेख्नुभयो । पुर्वाग्रही मानसिकता भएकाहरुले तपाईले देखेको होइन आफूले सोचेको मात्र ठिक मान्छन्

    3
    1
    Share

  • yasoda lama लेख्नुहुन्छ    |   २०७३ फागुन २५ गते ११:४३

    Very well written Matrika ji. Thanks for real information with balanced analisys

    2
    1
    Share

  • Ramesh Nepali लेख्नुहुन्छ    |   २०७३ फागुन २५ गते ११:५०

    yo ghatana ko jimbewar madhesi morcha nai xa kina bhane police mathi bam prahar garda police chai herera basna ta mildaina hola

    2
    1
    Share

  • Sanjay Thakur लेख्नुहुन्छ    |   २०७३ फागुन २५ गते १४:४५

    मात्रिकाजी तपाइलाई धन्यवाद, यो पढिरहदा आफू घटनास्थलमै भएको आभास मिल्यो । सत्य तथ्य बाहिर ल्याउनुभएकोमा धन्यवाद । तपाइको कलम यसैगरि चलिरहोस

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this