Comments Add Comment

कहाँ हराइन् गोविन्दाकी यी हिरोइन ?

यी हिरोइनलाई सम्झिनुभएको छ ? सन् २००२ मा उनले फिल्म ‘तुमसे अच्छा कोन है’ मा लिड हिरोइनका रुपमा डेब्यू गरेकी थिइन्, जुन फिल्म बक्स अफिसमा हिट भएको थियो ।

उनी हुन् आरती छाबडीया जसले अक्षय कुमार, सलमान खान, गोविन्दा जस्ता स्टारहरुसँग काम गरिन् र थुप्रै हिट फिल्म दिइन् । तर अचानक उनी फिल्मबाट गायब भइन् । यतिका वर्षसम्म उनी गुमनाम रहिन् तर अचानक अहिले उनी सामाजिक सञ्जालमा प्रकट भएकी छिन् ।

पहिलो फिल्म हिट भएपछि आरतीलाई बलिउडमा सानातिना भूमिकाहरु मात्र हात परे । यसको कारणले उनी तेलुगू, पञ्जाबी र कन्नड फिल्मतिर लागिन् । आरतीले बलिउडमा जम्ने निकै कोशिश गरिन् तर सफल हुन सकिनन् ।

आफ्नो करिअरलाई सम्हाल्नका लागि उनले २०११ मा एउटा रियालिटी शोमा पनि भाग लिइन् तर कुनै फाइदा भएन । उनीसँग आज एउटा पनि फिल्म छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment