Comments Add Comment

प्रहरीले तयार पार्‍यो काठमाडौंका १६१ गुण्डाको सूची

२६ फागुन, काठमाडौं । काठमाडौं प्रहरीले राजधानीमा सक्रिय १६१ गुण्डाको सूची तयार पारेको छ । सूचीमा चल्तीका डन भनिएकाहरुदेखि टोले गुण्डसम्म छन् ।

पछिल्लो पटक अपराध महाशाखा र काठमाडौं परिसरमा नयाँ नेतृत्व आएसँगै गुण्डाहरु सवलाउन थालेका थिए । तीन साता अघि दरवारमार्गमा भिक्ट्रीका सञ्चालक राम गिरी र गुण्डा नाइके दावा लामावीच ग्याङ फाइट भएको थियो ।

त्यसको दुई साता पनि नवित्दै काठमाडौंको गुण्डाका समूहले तीन जनाको अपहरण गरेको थियो । अपहरणमा परेकाहरुलाई छुटाउने क्रममा गोली हानाहान नै भएको थियो ।

काठमाडौंमा गुण्डाहरु सलवलाउन थालेको संकेत पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले १ सय ६१ जनाको सूची तयार पारेको छ ।

बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले भने, ‘जस्को दारा नंग्रा छैन, तिनीहरु फेरि सलवलाउन थालेका छन् । तर तिनले टाउको उठाउन पाउने छैनन् । सबैको सूची तयार भइसकेको छ ।’

एसएसपी अमात्यका अनुसार यो सूचीमा चल्तीका डन भनिएकादेखि टोले गुण्डसम्म छन् । कुन गुण्डाको हैसियत के हो आफूहरुलाई राम्रोसँग थाहा भएको भन्दै उनले प्रहरीलाई कमजोर नसोच्न चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment