Comments Add Comment

बजाजको नयाँ शोरुम पाल्पाको रामपुरमा


२६ फागुन, पाल्पा । एचएच बजाजल पूर्ण सुविधा हितको नयाँ शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा सञ्चालनमा ल्याएको छ ।
एचएच बजाजले ग्राहकहरुका लागि खरिद गरेको सामाग्रीको अधिकतम् मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको बताएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने जनाएको छ । नयाँ शोरुम शुभारम्भ भएको अवसरमा एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी पाल्पामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुसी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको छ ।’

उनले थपे–‘हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’ नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment