बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

बागमती सफाइ अभियान प्रोजेक्ट होइन

बागमती सफाइका २०० हप्ता

अनलाइनखबर

२७ फागुन, काठमाडौं । तीन वर्षअघि थालिएको बागमती सफाइ अभियानले यही फागुन २८ गते शनिबार दुई सय हप्ता मनाउँदैछ । सफाइका दुई सय हप्ता मनाउनै लाग्दा शुक्रबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल विगतका दिनमा जस्तै फेरि बागमती किनारमै भेटिए ।
नेपाल सरकारको मुख्य सचिव हुँदादेखि वागमती सफाइ अभियानका मुख्य अभियन्ता बनेका राजदूत पौड्याल शनिबार दुई सय हप्ता अभियानमा सरिक हुँदैछन् ।
अभियानको पूर्वसन्ध्यामा राजदूत पौड्यालसँग अनलाइनखबरले पशुपति परिसरस्थित बागमती किनारमा पुगेर गरेको कुराकानीः

बागमती सफाइ अभियानको दुई सय हप्ता पुग्ने सन्दर्भमा तपाईं चीनबाट काठमाडौं आइपुग्नुभयो । चीनमा रहँदा पनि बागमतीको सम्झना आयो ?

– म खासमा लगानी सम्मेलनका लागि एक साताअघि नै काठमाडौं आएको हुँ । यस क्रममा सफाइ अभियानको यो अवसर पनि संयोगले परेको हो । तर, बागमतीको माया त किन नहुनु ! कसरी छोड्न सकिन्छ र ! यति धेरै र खतरनाक फोहोरमा हात हालियो । यति धेरै मिहिनेत गरियो र हामी अहिलेको अवस्थासम्म आयौं ।

बागमती सफाइ अभियानले दुई हप्ता पूरा गर्दै गर्दा एउटा अभियन्ताका रुपमा कस्तो महसुस हुन्छ ?

– गरे के नहुने रै’छ र भन्ने आत्मविश्वास पलाएको छ । हामी हाम्रो काम आफैं गर्न सक्ने रै’छौं । विदेशीको दास बन्ने र उनीहरुले दिएको पैसामा मात्रै काम गर्ने जुन मानसिकता हो, हामीले त्योचाहिँ सत्य हैन है भन्नेखालको सन्देश दिन सफल भएका छौं । जे काम गर्दा पनि यसबाट आफूलाई के फाइदा हुन्छ भनेर हेर्ने आम प्रवृत्तिलाई चुनौती दिँदै यो स्वयंसेवी अभियान अगाडि बढिरहँदा खुसी लाग्छ ।

बागमतीको सफाइको दृष्टिले अहिलेको अवस्था कस्तो हो ?

– हामीले सफाइको काम सुरु गर्नु अगाडि बागमती मृत नदी थियो । यसलाई अहिले हामीले जीवन दिएका छौं । खासमा हामी बागमतीमा नुहाउन योग्य पानी बगेको, बागमतीको वरिपरिको जग्गा अतिक्रमण रोकिएको, नदी किनारा सौन्दर्यीकरण भएको र समुदायले त्यसको निरन्तर व्यवस्थापन गरिरहेको देख्न चाहन्छौं । त्यो अवस्थाको परिकल्पना गर्दा अहिले हामी आधाउधी जस्तोमा छौं ।

आगामी ०७५ सालसम्म बागमतीमा नुहाउनयोग्य पानी बगाउने अभियानको लक्ष्य बताइएको छ, त्यसमा सफल हुन सकिएला त ?

– अभियानको कुनै लक्ष्य हुँदैन । अभियान भनेको अभियान नै हो, यो जीवनपर्यन्त चलिरहन्छ । यो मान्छेको आनीबानी, चालचलन परिवर्तन गर्ने, संस्कार र सोचाइ बदल्ने अभियान हो । त्यसकारण यो दिनमा सक्ने र यो दिनमा हाम्रो लक्ष्य पूरा भयो भन्ने हुँदैन होइन । अहिले भनेका यी लक्ष्य प्राप्त भयो भने त्यसभन्दा थप अरु काममा हामी अघि बढ्नुपर्ने हुन्छ । यहाँ सफल भइयो भने अन्यत्र पनि गर्नुपर्ने हुन्छ । यसकारण यो मान्छेको जीवन प्रवृत्ति बदल्ने विषय भएकाले ७४ र ७५ साल भन्ने कुरो हुँदैन । तर, सफाइ अभियानअन्तर्गत हामीले गरिरहेका कामका स्वरुपहरु चाहिँ परिवर्तन हुन सक्छन् ।

शहरवासीको जीवन प्रवृत्ति बदल्ने कुरा गरिरहँदा बागमतीमा सफाइ अभियान चल्दै जाने तर त्यसमा फोहोर मिसाउने प्रवृत्ति चाहिँ रहिरहेको स्थिति छ कि छैन ?

– त्यस्तो स्थिति छैन । त्यो मान्छेहरुको भ्रम र सतही तर्क मात्र हो । किनकि त्यो स्थिति भएको भए त मृत शहर आज जीवन्त कसरी बन्छ ? हामीले फोहोर झिक्दै गर्ने, अरुले फाल्दै गर्ने भएको भए त जस्ताको तस्तै हुन्थ्यो । जस्ताको तस्तै छैन भन्ने कुरा त सत्य हो नि ! नदीमा फोहोर फाल्दै गर्ने भन्ने अवस्था चाहिँ झन्डै-झन्डै रोकिएको छ भने फोहोर झिक्दै गर्ने क्रम निरन्तर चलिरहेकै छ । त्यसले गर्दा आधारभूत रुपमै परिवर्तन भएको छ ।

खासगरी बागमती दुषित हुनुमा ढल मिसाउने प्रवृत्ति नै कारक देखिएको छ, यो समस्या कसरी समाधान हुन्छ ?

– नदीमा जथाभावी ढल मिसाउने समस्या अन्त्य गर्न नदी किनारामा ढल बनाउने योजना सरकारको पुरानै थियो । तर, काठमाडौंका अरु नदीनालामा ढल बनाउने योजनाचाहिँ खासगरी बागमती सफाइ अभियानको सफलताको बलमा आफू त्यतिबेला मुख्यसचिव पनि भएको नाताले सरकारी निकायहरुसँग पहल गरेर सबै नदीनालामा ढल बिछ्याउने विगत कार्यक्रम सरकारले अगाडि ल्याएको छ । त्यस कारण सबै नदीहरुमा ढल बिछ्याइन्छ ।

ढल बिछ्याउने काम टुकुचा बाहेकका नदीमा धेरै चुनौतीपूर्ण छैन । किनकि टुकुचामा जमिन नै नभएकाले गाह्रो छ । ढल बिछ्याइसकेपछि धोबीखोला जस्तोमा पानी नै नहुने हो कि भन्ने चुनौती पनि छ । त्यस कारण स-साना प्रशोधन केन्द्रहरु बनाएर ढलको पानीलाई प्रशोधन गरेर त्यहीँभित्रै खसाउने गर्नुपर्छ भनेर हामीले प्राविधिकहरुलाई सुझाव दिएका छौं । उहाँहरुले त्यसलाई आत्मसात् गर्नुभयो भने त्यो पनि त्यति चुनौतीपूर्ण छैन ।

सफाइ अभियानका मुख्य चुनौती के हुन् ?

– मुख्य चुनौती चाहिँ बागमतीसहित काठमाडौं उपत्यकाभित्रका नदीनालाहरुले चर्चेको जग्गामा भएको अतिक्रमण हटाउनु हो । दोस्रो चुनौती, अहिले हामीले नदीको फोहोर उठाएर डम्पिङ साइट लैजान महानगरपालिकालाई दिन्छौं । त्यो अहिले संसारभरि चलेको फोहोर व्यवस्थापनको दिगो विधि होइन ।

कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ । कुहिने फोहोरको व्यवस्थापना शहरभित्रै गर्नुपर्छ । नकुहिने फोहोरलाई पुनः छुट्याएर प्रशोधन गर्न सकिनेलाई प्रशोधनमा लैजाने र नसकिने एकदमै थोरै फोहोरलाई मात्रै हामीले अन्तिम व्यवस्थापन गर्ने हो । त्यो विधिलाई फोहोर संकलन र प्रशोधनमा पूर्णरुपले लागू गर्न नसकिएको अवस्था छ । यस अन्तर्गत ढल प्रशोधनको कुरा पनि पर्छ ।

तेस्रो चुनौती, यी कामहरुमा स्थानीय समुदायको अपनत्व ग्रहण गर्ने गरी संलग्नता गराउनु हो । त्यसका लागि समुदायको क्षमता विकास गर्ने र यो काममा निरन्तर उत्प्रेरित भएर लाग्न उनीहरुलाई तयार पार्नुपर्छ ।

नदी स्वच्छ राख्न शहरवासीमा अपनत्व बोध गराउन सफाइ अभियानले चेतनाको विकास कति गर्न सकेको छ ?

– एकदमै गरेको छ । जनचेतनाको कुरा गर्दा हामीले कल्पना गरेभन्दा धेरै सफलता प्राप्त गरेका छौं भन्छु म । सफाइ अभियान सुरु गर्दा नदीमा फोहोर फाल्नु आफ्नो अधिकार र स्वाभाविक कर्म जस्तो ठान्थे मान्छेहरु । अहिले नदी मात्र होइन, अन्य सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति लुकिचोरी रुपमा र एकदमै कम मात्रामा देखिन्छ । हीनताबोध, लज्जाबोध गर्ने र दण्डित हुने कुरा अगाडि आएको छ । जथाभावी फोहोर गर्ने बानी मान्छेमा विगत ४० वर्षदेखि लागेको बानी हो । त्यो बानीचाहिँ हामीले चार वर्षकै अन्तरालमा एउटा सानो तहमा सुरु गरेको सफाइ अभियानबाट परिवर्तन गर्न हामी सफल भयौं । त्यसकारण मान्छेको आनीबानी परिवर्तनमा धेरै ठूलो फड्को हो यो ।

आनीबानी परिवर्तन गर्न वर्षौं लाग्छ, कतिपय ठाउँमा पुस्तौं लाग्छ । तर, हामीले एउटा पुस्ताभन्दा धेरै लामो समयदेखि लागेको आनीबानीलाई आधारभूत रुपमा परिवर्तन गर्न सफल भएका छौं, पूर्णरुपले सक्यौं भन्दिनँ ।

त्यसबाहेक पनि त जनजीवनमा रहेका अरु आनीबानीले पनि सरसफाइमा चुनौती दिइरहेकै छन्, प्लास्टिकको प्रयोग अझै रोकिन सकेको छैन…

– हो, प्लास्टिकजन्य वस्तुको प्रयोग न्यून गर्नुपर्ने चुनौती छ । प्लास्टिक नबाल्ने कुरा, फोहोरको प्रदुषण कम गर्ने कुरा, कुहिन सक्ने फोहोर कुहाएर त्यसबाट मल बनाउने, प्रशोधन गर्न सकिने कुरा प्रशोधन गरेर आर्थिक उपार्जन गर्ने कुरा, सार्वजनिक सम्पदाको संरक्षण गर्न यो मेरो पनि हो भनेर अपनत्वबोध गर्ने कुरा लगायत धेरै छन् । अपनत्वबोध गराउने मात्र भनेर हुँदैन । त्यसबाट उनीहरुले लाभ प्राप्त गर्नुपर्छ । त्यो लाभ प्राप्त गर्ने अवस्था सिर्जना गर्नु र त्यहाँबाट प्राप्त लाभको समुदायलाई हिस्सेदार बनाउन सक्नुपर्छ ।

यी कामहरुमा पर्याप्त समय लाग्ने, मान्छेको श्रम लाग्ने हुन्छ । यसमा अभियानको प्रयत्न लाग्नुपर्ने हो । त्योमध्ये फोहोर फाल्ने प्रवृत्तिमाथिको नियन्त्रण गर्नमा हामी आशा गरेभन्दा धेरै सफल भएका छौं ।

सफाइ अभियान मुख्यगरी समुदायको परिचालनबाटै अघि बढेको देखिन्छ, यस क्रममा अहिले कस्तो अवस्था छ ?

– हात धोएर खाने बानी बसालौं अनि सुक्खा याममा जथाभावी आगो नबालौं भन्ने जस्ता सन्देश दिनका लागि हामीले जुन अर्बौं रुपैयाँ खर्च गरेका छौं र त्यसबाट मान्छेको चेतनामा जुन किसिमको परिवर्तन आएको छ, त्योभन्दा धेरै ठूलो परिवर्तन तर धेरै छोटो अवधिमा र सरकारी लगानीबिना नै हामीले गर्न सक्यौं ।

हामी अहिले समुदायको परिचालनमा कहाँ छौं भने गुह्येश्वरी-गोकर्ण खण्डमा हामीले खोजेकै जस्तो आदर्श समुदाय तयार भएको छ । सफाइ गर्न हामी हप्ता-हप्तामा जान्छौं, उहाँहरु दैनिक रुपमा जानुहुन्छ ।

उहाँहरुले यस्तो अपनत्वबोध गर्नुभएको छ, नदी किनारामा रुख रोप्नुभयो र हरेक मानिसलाई शतः प्रतिशत रुख जोगाउन जिम्मेवारी पनि दिनुभयो । त्योभन्दा ठूलो अपनत्व के हुन सक्छ ? उहाँहरुले सरकारको वार्षिक कार्यक्रम बजेट बिना नै दर्जनभन्दा बढी बगैंचा बनाउनुभएको छ ।

समुदायलाई परिचालन गर्न के समस्या खेप्नुपरेको छ ?

– सरकारी निकायहरु हामीसँगै छन् । तर, समुदायलाई परिचालन गर्ने काममा अहिले सरकारले गरेको कामबाट म चाहिँ सन्तुष्ट छैन । समुदायले यति धेरै मिहेनत गरे पनि सरकारी निकायबाट सानो कमजोरी भएको छ । समुदायले गर्न सक्ने काम समुदायलाई नै जिम्मा दिनुपर्ने हो । नसक्ने ठूल्ठूला काम मात्र ठेक्का लगाएर गरे पनि हुन्छ । मैले पटकपटक सरकारी निकायहरुलाई सन्देश पुर्‍याए पनि उहाँहरु किन सुनिरहनु र देखिरहनुभएको छैन, अचम्ममा पर्छु म ।
अपनत्वबोध गर्दै त्यस्तो लगनशील भएर काम गर्ने समुदायलाई नदी सौन्दर्यीकरणको जिम्मा दिनुपर्नेमा त्यो काम विदेशी सहयोगमा ऋण लिएर महँगा कन्सल्ट्यान्ट हायर गरेर थालिएको छ । त्यो ठीक होइन । जसरी हामीले वनमा सामुदायिक वनको अवधारणाबाट ठूलो परिवर्तन ल्याउन सक्यौं, त्यसैगरी नदी किनाराको व्यवस्थापनमा समुदायको संलग्नताबाट हामीले नेपालभरि सफाइ गर्न र परिवर्तन गर्न सक्छौं ।
त्यस्तो समुदाय अहिले गुह्येश्वरी-गोकर्ण खण्डमा तयार छ । त्यस्तै, तिलगंगा क्षेत्रमा तयार हुने क्रममा छ । अरु ठाउँमा चाहिँ हामीले तयार गर्न सकेका छैनौं ।

त्यसो भए अभियानमा सरकारको सहयोग र समन्वय छैन त ?

सरकारको समन्वय नभएको होइन । नभएको भए त यो अभियान यसरी अघि बढ्ने थिएन । मैले भन्ने गरेको अर्को उपलब्धि के हो भने, हामी पहिले सरकारी निकायहरु कामै गर्दैनन्, नगरपालिकाले दिनभरि फोहोर उठाउँदैन, सडकमा नाक छोपेर हिँड्नुपर्छ भन्थ्यौं । हामीले अभियान सुरु गरेपछि म दाबीका साथ भन्छु, आधारभूत रुपमा सडकमा फोहोर कुहिने गरी कर्मचारीहरुले राखेको अवस्था छैन । अब निमिट्यान्नै भयो, हामीले कल्पना गरे जस्तो युरोप, सिंगापुर बन्यो भनेको होइन ।

तर, हिजो जुन समस्या थियो, अहिले छैन । त्यसको एउटै कारण के हो भने, सफाइ अभियानले महानगरपालिकाका कर्मचारीहरुलाई कर्त्तव्यबोध गराउन धेरै ठूलो सहयोग पुर्‍याएको छ । त्यसरी सरकारी निकायलाई कामप्रति जागरुक र उत्तरदायी बनाउँदै त्यसतर्फ लगाउनु एउटा उपलब्धि हो ।

सफाइ अभियानले कहिले पूर्णता पाउला ?

– यो अभियान निरन्तर चलिरहन्छ । जन्मिएर नमर्दासम्म हामी जसरी व्यक्तिगत सफाइमा लागिरहन्छौं, यो त्यस्तै कुरा हो । सफाइलाई जीवनबाट अलग्याएर हेर्न सकिँदैन । यो कुनै प्रोजेक्ट होइन ।

प्रस्तुति: जोतारे धाइबा

२०७३ फागुन २७ गते १९:२२ मा प्रकाशित (२०७३ फागुन २९ गते १२:५९मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • Mahendra लेख्नुहुन्छ    |   २०७३ फागुन २७ गते २२:०८

    Ghiti ghiti awastha ko jeewan pani k jeewan. Bagmati pool ma jhundyayeko suchana le k bhanchha? Pool bat fohor fyakne lai jariwana. K Bagmati nadi nabhayera pool matra ho jasle Thapathali ra Kupandol lai matra jodchha?

    0
    0
    Share

  • Jaso Gara J Bhana Yo Man ta Mero Nepali Ho लेख्नुहुन्छ    |   २०७३ फागुन २८ गते ०:३७

    Extremely happy to see the initiative taken by Lilamani Sir.
    Keep up your cleaning campaign and hopefully after few years we will see pure water flowing through the sacred Bagmati river and greenery around the bagmati river bed.

    4
    0
    Share

  • Ratna Kumar लेख्नुहुन्छ    |   २०७३ फागुन २८ गते ०:४६

    dherayi ramro kaam garnu bhayeko chha.
    Dhanyabad

    4
    1
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७३ फागुन २८ गते ४:५७

    Kudos! Salam cha hajur lai!!

    2
    1
    Share

  • दयाराम महत धुलिखेल -८चौकोट, काभ्रे पलान्चोक लेख्नुहुन्छ    |   २०७३ फागुन २८ गते ५:०५

    बाग्मतिमा फोहोर फाल्नेलाई जरिवाना र प्रमाण सहित उजुरी कर्तालाई पुरस्कारको ब्यबस्था गर्नुको साथै फ़ोहोरलाई मोहोरमा बदल्ने योजना ल्याउन सक्नुपर्छ र यो प्रत्येक ब्यक्तिको मानस पटलमा हुनुपर्छ ! बिशेष सफाइ अभियान सदैब चल्नुपर्छ किनकि फोहर र सफाइ एक सिक्काको दुई पाटा जस्तै हो ! सकिन्छ सफा राखौं सकिदैन फ़ोहोर नगरौ ! जल्ने र नस्ट गर्ने मिल्ने फोहरलाई आफै ब्यबस्थापन गरौ ! नदि किनार र सार्बजनिक जग्गा अतिक्रमण हुनबाट रोकौ र नगरौ हरियाली बनाउ !

    4
    0
    Share

  • damodar sah लेख्नुहुन्छ    |   २०७३ फागुन २८ गते ९:३५

    Ok

    0
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन २८ गते १४:१९

    Bagamati Cleanliness has Movement made him Ambassador to China than he came to appreciate – I will also start clean my Tamor river to be another RAJDOOT..

    1
    4
    Share

  • man लेख्नुहुन्छ    |   २०७३ चैत २ गते ८:४६

    bagmati matrai safai hundai ma singo nepal kaha safa hunchha ra ? yata bagmati safai abhiyan ko 200 hapta pura hundai garda bagmati chheumai raheko gothata bhanne sthan hal ko kageshwori nagarpalika ko dhal nikas manohara nadima lyayera khuleyam khasalda manohara khola ko halat kasto hola ? phohor hunu bhanda phohor hunu purba nai roktham gare kaso hola ?

    1
    0
    Share

  • Yadav Prasad Gautam लेख्नुहुन्छ    |   २०७३ चैत २ गते १०:१०

    सबै भन्दा पहिला बागमती मा धल मिसौने काम बन्द गर्नुस् यो अभियान चलाऊनुस् बागमती आँफै सफा हुन्छ । तपाईंहरु ले बागमती को किनर मा उभियर मात्रा बागमती सफा हुँदैन । जब सम्मा धल मिसौने काम बन्द हुँदैन तब सम्म बागमती सफा हुँदैन । चेतना भया ।।

    0
    0
    Share

  • dalbadahadur लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १३:३४

    Nadi safa garnu vanda pani manishko mastiska safa garnu paryo. Kinaki manisko man safa navaya samma Bagmatima fohar falne kam banda hudaina. Arko kura dina dianai naya naya sukumbasi janmadai6an sathai dina dinai naya naya ghar bandai 6an . yesma sarkarko pani mauna samarthan vai raheko 6a.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this