Comments Add Comment

विश्व क्रिकेट लिग च्याम्पियनसीपः नेपाल भर्सेस केन्या (लाइभ)

२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल र केन्याको खेल हुँदैछ । केन्याले टस जितेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ । अघिल्लो चरणमा पुग्न दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाव छ ।

वर्षाको कारण खेल प्रभावित भएपछि ५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ ।

नेपाली टीमका कप्तान पारस खड्काले भने आजको खेल खेल्ने छैनन् । अर्का बलर करण केसीले पनि खेल गुमाउने छन् । खड्का र केसी दुबै अस्वस्थ छन् ।

त्रिवि मैदान कीर्तिपुरमा नेपाल र केन्याको खेल हेर्ने दर्शकहरुको उल्लेख्य सहभागीता छ ।

खेलको लाइभ अपडेटका लागि अनलाइनखवरको टीम यतिबेला किर्तिपुरस्थित मैदानमा तैनाथ भइसकेको छ । खेलको लाइभ अपडेटका लागि कृपया हामीसँगै रहनुहोला ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment