मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

रारा कि अप्सरा ! (फोटो फिचर)

भरतबन्धु थापा

२९ फागुन, मुगु । रारा तालको सौन्दर्यदेखि मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा ! हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरता देखेपछि उपमा के दिऊँ भनेर झट्ट अलमलिन्छन् ।

मुगुको जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उँचाइमा पर्छ । वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् । ताल नै यति फराकिलो छ, पूरै एक फन्का लगाउन पाँच घन्टाको समय लाग्छ ।

तालको पूरा आकृति हेर्ने हो भने समुद्री सतहदेखि करिब ४ हजार मिटर उँचाइमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय व्यवसायी बताउँछन् ।

यो तालमा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ ।

मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ ।

रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिए पनि खासगरी हिउँद महिनामा रमाइलो दृश्य देख्न पाइन्छ । त्यो समयमा एकातिर हिउँ झरिरहेको हुन्छ भने अर्कातिर रंगीविरंगी फूलहरुले रारा तालको सुन्दरतालाई थप मनमोहक बनाइदिन्छन् ।

तयारी गरेर हिँड्दा रारा यात्रा असहज छैन – राजु कार्की
भिजिट कर्णाली ट्राभल्सका प्रबन्ध निर्देशक तथा भिलेज रिसोर्टका सञ्चालक

रारा आन्तरिक पर्यटकले निकै रुचाएको स्थान हो । तर, रमाइलो गर्न आउँदा कतिपयले झन्झट खेप्नुपर्ने हुन सक्छ । त्यसको कारण हो, रारा आउनुभन्दा अगाडि यसबारे सूचना नलिने र आवश्यक तयारी नगर्ने । कतिपयले रारा जानलाई जहाजको टिकट पाइँदैन भन्ने गुनासो गर्छन् । टिकटको लागि अग्रीम बुकिङ गर्‍यो भने समस्यामा परिँदैन । योजना बनाएर तथा हामीसँग सम्पर्क गरेर आउनुभयो भनेर रारा यात्रा असहज हुँदैन ।

रारामा जम्मा दुईवटा होटल छन् । हामीले यी होटल र टेण्टमा गरी एक रातमा तीन सय जनालाई बास बस्ने व्यस्था मिलाउन सक्छौं । तालको छेउछाउमा राराका जानकारी दिने सूचनामूलक बोर्ड भएका राम्रो हुन्थ्यो भनेर हामीले आफ्नो तर्फबाट प्रयास गर्दैछौं । राराका विषयमा जानकारी दिने सूचना डेस्क स्थापना हुदैछ । मुगुको ताल्चा विमानस्थलमा पनि चाँडै डेस्क स्थापना हुन्छ होला । त्यसले पनि राराबारे सूचना लिन सहज हुनेछ ।

कसरी पुग्ने ?

रारा पुग्नका लागि हवाई र बसयात्रा गरी दुई वटा विकल्प छन् । पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जको विमानस्थल राझाबाट मुगुको ताल्चा विमानस्थलसम्म जहाजमा जान सकिन्छ । त्यहाँबाट तीन घण्टाको पैदल हिँडेपछि रारा तालको किनार पुगिन्छ । यसका साथै सुर्खेतबाट मुगु सदरमुकाम गमगढीसम्म सार्वजनिक बस पनि चल्छ ।


२०७३ फागुन २९ गते १२:३० मा प्रकाशित (२०७३ फागुन ३० गते १९:०७मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१५ प्रतिकृयाहरू प्राप्त
  • देशभक्त लेख्नुहुन्छ    |   २०७३ फागुन २९ गते १२:२६

    फोटो हेर्दाहेर्दै त्यहि पुगे जस्तो आनुभुती हुने | कति राम्रा तस्बिर | जिवनमा एकपटक अवस्य जानेछु रारा |

    65
    1
    Share

  • Rabin khadka लेख्नुहुन्छ    |   २०७३ फागुन २९ गते १२:५२

    Beautiful RARA n photo feature…👍

    22
    1
    Share

  • Bhuwan Sejuwal लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते ११:०२

    Beautiful my motherland.

    15
    0
    Share

  • SURAJ लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १४:२०

    OWO EK PATAK ABASHYA JANEXU

    6
    0
    Share

  • Sushil Joshi लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १२:४५

    Awesome
    Awesome
    Awesome
    Awesome
    Awesome

    8
    1
    Share

  • Mohan लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:४२

    अति राम्रो लाग्यो । ऐक चोटी घुम्ने रहर छ ।

    9
    1
    Share

  • Imjal Sukupayo लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते १४:४७

    Thanks for the such wonderful pictures. I had visited Rara six months ago but could not catch the photographer view. Can you inbox me the photograher? I personnally want to thank him.

    3
    3
    Share

  • dilbhadur basnet लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १७:१२

    hamro nepal swarga vhanda pni sundar xa asko sundarta badaune raratal

    7
    1
    Share

  • Prem Dixit लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते २३:१३

    I love this place, Last year I was there and thinking again to go there with my friends again and again.

    Beautiful place…

    6
    1
    Share

  • RAMESH BHUSAL लेख्नुहुन्छ    |   २०७३ चैत १७ गते १७:१८

    Really beautiful scene of RARA lake.

    4
    0
    Share

  • Sudarshan BP Kafle लेख्नुहुन्छ    |   २०७३ चैत १८ गते १०:५१

    I’d been there for 5 yrs in early 60’s and enjoyed a lot. It’s really beautyful and awesome.

    3
    0
    Share

  • तिलक रिजाल लेख्नुहुन्छ    |   २०७३ चैत २५ गते १६:४०

    नेपालका सुखाने उखाने र गुखाने नेतालाई देशलाई हरिकंगाल बनाउने भए भारतिय दलाल, गद्दार भ्रष्ट नेतालाई चुसिखाने भए जसरि लेकमा जुकाले मान्छेको रगत चुस्छ त्यसरी देश लाई नाङ्गो पार्ने भए यसका लागि सबै नेपाली मिलेर खवरदारी गरौ , नेपाली आमाको अस्मीता बचाऔ देशको मुहार सुखाने, गुखाने र उखानेले बनाउने छैनन जागौ युवा जागौ ।

    8
    1
    Share

  • ARP लेख्नुहुन्छ    |   २०७३ चैत २६ गते १४:११

    It’s a piece of heaven.

    4
    0
    Share

  • Padam Rawal लेख्नुहुन्छ    |   २०७३ चैत २८ गते १५:०४

    धेरै राम्रो छ ! साच्चै मनमोहक छ ! एक पल्ट पक्कै आउने छु !म भेट्न रारालाइ !!

    3
    0
    Share

  • Hem Poudyal लेख्नुहुन्छ    |   २०७३ चैत ३१ गते १६:४३

    Last year I had been there. It should not turn like Fewa lake at any cost. Hotels should not be allowed to open at least 5 km closer to the lake.

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this