बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

रारा कि अप्सरा ! (फोटो फिचर)

भरतबन्धु थापा

२९ फागुन, मुगु । रारा तालको सौन्दर्यदेखि मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा ! हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरता देखेपछि उपमा के दिऊँ भनेर झट्ट अलमलिन्छन् ।

मुगुको जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उँचाइमा पर्छ । वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् । ताल नै यति फराकिलो छ, पूरै एक फन्का लगाउन पाँच घन्टाको समय लाग्छ ।

तालको पूरा आकृति हेर्ने हो भने समुद्री सतहदेखि करिब ४ हजार मिटर उँचाइमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय व्यवसायी बताउँछन् ।

यो तालमा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ ।

मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ ।

रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिए पनि खासगरी हिउँद महिनामा रमाइलो दृश्य देख्न पाइन्छ । त्यो समयमा एकातिर हिउँ झरिरहेको हुन्छ भने अर्कातिर रंगीविरंगी फूलहरुले रारा तालको सुन्दरतालाई थप मनमोहक बनाइदिन्छन् ।

तयारी गरेर हिँड्दा रारा यात्रा असहज छैन – राजु कार्की
भिजिट कर्णाली ट्राभल्सका प्रबन्ध निर्देशक तथा भिलेज रिसोर्टका सञ्चालक

रारा आन्तरिक पर्यटकले निकै रुचाएको स्थान हो । तर, रमाइलो गर्न आउँदा कतिपयले झन्झट खेप्नुपर्ने हुन सक्छ । त्यसको कारण हो, रारा आउनुभन्दा अगाडि यसबारे सूचना नलिने र आवश्यक तयारी नगर्ने । कतिपयले रारा जानलाई जहाजको टिकट पाइँदैन भन्ने गुनासो गर्छन् । टिकटको लागि अग्रीम बुकिङ गर्‍यो भने समस्यामा परिँदैन । योजना बनाएर तथा हामीसँग सम्पर्क गरेर आउनुभयो भनेर रारा यात्रा असहज हुँदैन ।

रारामा जम्मा दुईवटा होटल छन् । हामीले यी होटल र टेण्टमा गरी एक रातमा तीन सय जनालाई बास बस्ने व्यस्था मिलाउन सक्छौं । तालको छेउछाउमा राराका जानकारी दिने सूचनामूलक बोर्ड भएका राम्रो हुन्थ्यो भनेर हामीले आफ्नो तर्फबाट प्रयास गर्दैछौं । राराका विषयमा जानकारी दिने सूचना डेस्क स्थापना हुदैछ । मुगुको ताल्चा विमानस्थलमा पनि चाँडै डेस्क स्थापना हुन्छ होला । त्यसले पनि राराबारे सूचना लिन सहज हुनेछ ।

कसरी पुग्ने ?

रारा पुग्नका लागि हवाई र बसयात्रा गरी दुई वटा विकल्प छन् । पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जको विमानस्थल राझाबाट मुगुको ताल्चा विमानस्थलसम्म जहाजमा जान सकिन्छ । त्यहाँबाट तीन घण्टाको पैदल हिँडेपछि रारा तालको किनार पुगिन्छ । यसका साथै सुर्खेतबाट मुगु सदरमुकाम गमगढीसम्म सार्वजनिक बस पनि चल्छ ।


२०७३ फागुन २९ गते १२:३० मा प्रकाशित (२०७३ फागुन ३० गते १९:०७मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • देशभक्त लेख्नुहुन्छ    |   २०७३ फागुन २९ गते १२:२६

    फोटो हेर्दाहेर्दै त्यहि पुगे जस्तो आनुभुती हुने | कति राम्रा तस्बिर | जिवनमा एकपटक अवस्य जानेछु रारा |

    43
    1
    Share

  • Rabin khadka लेख्नुहुन्छ    |   २०७३ फागुन २९ गते १२:५२

    Beautiful RARA n photo feature…👍

    14
    1
    Share

  • Bhuwan Sejuwal लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते ११:०२

    Beautiful my motherland.

    6
    0
    Share

  • SURAJ लेख्नुहुन्छ    |   २०७३ चैत ३ गते १४:२०

    OWO EK PATAK ABASHYA JANEXU

    1
    0
    Share

  • Sushil Joshi लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १२:४५

    Awesome
    Awesome
    Awesome
    Awesome
    Awesome

    1
    0
    Share

  • Mohan लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:४२

    अति राम्रो लाग्यो । ऐक चोटी घुम्ने रहर छ ।

    1
    0
    Share

  • Imjal Sukupayo लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते १४:४७

    Thanks for the such wonderful pictures. I had visited Rara six months ago but could not catch the photographer view. Can you inbox me the photograher? I personnally want to thank him.

    0
    0
    Share

  • dilbhadur basnet लेख्नुहुन्छ    |   २०७३ चैत १४ गते १७:१२

    hamro nepal swarga vhanda pni sundar xa asko sundarta badaune raratal

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this